
काठमाडौं – सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनको प्रस्तावप्रति मधेशको अर्को दल सदभावना पार्टीले पनि असहमति जनाएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको विरोध आए लगत्तै राजेन्द्र महतोको पार्टी सदभावनाले पनि यसको विरोध गरेको हो ।
सदभावना पार्टिले निकालेको विज्ञप्तिमा भनिएको छ, “सरकार द्वारा प्रस्तुत संविधान संसोधन सम्बन्धि विधेयकले मधेश आन्दोलनको समग्र एजेण्डा, आकांक्षा र मांगलाई सम्बोधन गर्न नसकेको, सत्तारुढ दलहरु भित्रैबाट सम्प्रेषित भैरहेको भावनाले संसोधन विधेयकलाई आत्मसात गर्न नसकेको अवस्थाले हामीलाई चिन्तित तुल्याएको छ ।
संसोधनको सवालमा सरकार तथा प्रतिपक्षले लिने गति र दिशालाई हामी अत्यन्त नजिकबाट निगरानी गरीरहेका छौं । मधेश र मधेशीको समग्र सबालमा सदैब सजग रहदैं विकसित परिस्थिति अनुसार जस्तोसुकै गम्भिर र जिम्मेवारीपुर्ण राजनीतिक कदम चाल्न नेपाल सद्भावना पार्टी सदैब तैयार रहनेछ” ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्