×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडकमा जनता, प्रधानमन्त्री प्रचण्डको राजीनामा माग-भिडियोसहित

LAXMI SUNRISE BANK

सडकमा जनता, प्रधानमन्त्री प्रचण्डको राजीनामा माग-भिडियोसहित

१५ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- सरकारले पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट ‘अलग’ गर्ने गरी व्यवस्थापिका–संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेपछि जनता आक्रोशित भएका छन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् ।
बुधबार बिहान बुटवलका विभिन्न ठाउँमा विरोधजुलुस निस्किएको छ । संशोधन प्रस्ताव खारेजको माग गर्दै स्थानीय–विद्यार्थीहरुले चक्काजाम गरेका छन् । विद्यार्थी विरोधमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ भने त्यस क्षेत्रमा सवारी–साधन पनि चल्न सकेका छैनन् ।
मधेसी मोर्चाको चित्त बुझाउने नाममा लुम्बिनी अञ्चलका पहाडी तीनओटा जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग गर्ने प्रस्ताव गरेपछि आक्रोश बढेको हो । सरकारी प्रस्तावको विरोध गर्दै गुल्मी, पाल्पा र अर्घाखाँचीमात्रै नभइ रुपन्देही जिल्लामासमेत आन्दोलन चर्किएको छ ।
पाल्पा, गुल्मी र अर्घाखाँचीको सबैभन्दा पायकपर्ने र सम्बन्ध जोडिएको व्यापारिक केन्द्र रुपन्देही हो । बसोवासका हिसाबले पनि ती जिल्लाका अधिकांशको पारिवारिक सम्बन्ध रुपन्देही, नवलपरासी र कपिलवस्तुमा छ ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी