×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खबरदार ! प्रचण्ड सरकार, पूर्वबाट आगो सल्कदैंछ

LAXMI SUNRISE BANK

खबरदार ! प्रचण्ड सरकार, पूर्वबाट आगो सल्कदैंछ

१५ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नम्बर प्रदेश टुक्र्याउने गरी संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवलमा विरोध प्रदर्शन भएको छ ।अनेरास्ववियुको अगुवाइमा विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा यातायात ठप्प पारेको वाणिज्य क्याम्पस बुटवलका स्ववियु सभापति सन्दिप विकले  बताए ।
करिब दुई घण्टाको चक्काजामपछि अहिले यातायात पुन सुचारु भएको उनले जानकारी दिए । सडकमा नाराजुलुस सहित टायर बालिएको थियो । स्वतस्फूर्त सडकमा उत्रिएका युवाले प्रदर्शनमा पाँच नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, संविधान संशोधन चाहिँदैन , हिमाल–पहाड–तराई कोही छैन पराइ लगायतका नारा लगाएका छन् ।
प्रदर्शनकारीले ५ नम्बर प्रदेशका पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र ६ नम्बर प्रदेशका रुकुम, दैलेख, सल्यानलाई जोडेर आठौं प्रदेश बनाउने प्रताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
केन्द्रमा सीमांकन संशोधनमा सहमत देखिएका दल काँग्रेस माओवादीका कार्यकर्तासमेत प्रदेशमा विरोधमा उत्रिएका छन् । चक्काजामका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प भएका थिए ।
५ नम्बर प्रदेश भूगोलका हिसावले पहाड र तराई मिलेर र प्राकृतिक स्रोत साधन, संस्कृति र सापिप्यता समेटिएकाले दलहरुले हिमाल,पहाड र तराईलाई अलग गरेर प्रदेश सीमांकन गरे देश नै टुक्र्याउन सक्ने उनीहरुको चेतावनी छ ।
बुटवलसँगै ५ नम्बर क्षेत्रका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा समेत आज बिहानैदेखि विरोध प्रदर्शन भएको छ ।

  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी