Skip to content
LAXMI SUNRISE BANK

शिवम् सिमेन्टले नेपालमै पहिलो पटक सुरु गर्यो ‘टेक्निकल भ्यान’ सेवा, यस्तो छ जनतालाई हुने फाइदा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – शिवम् सिमेन्टले आफ्ना समस्त ग्राहकवर्ग तथा आम उपभोक्ता समक्ष सिमेन्ट लगायतका निर्माण सामाग्रीहरुको गुणस्तर र प्रयोग सम्बन्धि प्राविधिक ज्ञान निःशुल्क रुपमा निर्माणस्थलमानै पुगी प्रत्यक्ष देख्न सकिनेगरी परीक्षण गरी सोको रिर्पोटको सेवा समेत उपलब्ध गराई निर्माण कार्यमा सहयोग पुर्याउने उद्येश्यले प्राविधिक सेवा विभाग गठन गरी सेवा शुरु गरिएको छ । 
उक्त प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ३० वर्ष भन्दा बढीको प्राविधिक कार्य अनुभव भएका बरिष्ठ सिमेन्ट तथा कंक्रिट विज्ञ ईन्जिनियरहरु रहेको शिवम् सिमेन्टद्वारा विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘यस प्राविधिक टिमले सिमेन्टका ग्राहक वर्ग एवं आम उपभोक्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क टोल फ्रि नं.मा फोन गरी सेवा लिन चाहानेहरुका निमित्त निर्माणस्थलमा स्वयम उपस्थित भई सल्लाह, सुझाव तथा प्राविधिक विषयको जानकारी गराउने छ । उक्त प्राविधिक टिमलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न Compressive Strength Testing Machine जडित Technical Van को निःशुल्क सेवा आजैबाट शुभारम्भ गरिएको छ । 
विज्ञप्तिमा अगाडी भनिएको छ, ‘शिवम सिमेन्टका प्रयोगकर्ता तमाम उपभोक्ता, ग्राहकवर्गहरुलाई उहाँहरुकै निर्मास्थलमा पुगि  निर्माण सामाग्रीहरुको गुणस्तरको विषयमा जानकारी गराई उच्च गुणस्तरको, भरपर्दाे र वलियो घर, भवन, पुल, सडक, टनेल, नहर लगायतका संरचनाहरुको निर्माणमा शिक्षा दिई ज्ञान अभिवृद्धि गराई जागरुक रहन अभिप्रेरित गर्दै देश निर्माणमा सहयोग गर्ने अभियान संचालन गर्न शिवम सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै यस किसिमको प्राविधक सेवा नेपाल मै पहिलो पटक शुरुवात गर्ने कम्पनी भएकोछ ।’
शिवम् सिमेन्टले निर्माणस्थलमै कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थ जाँच गरी शिवम् सिमेन्टको गुणस्तर ग्राहकहरुसामु प्रस्तुत गर्ने, कंक्रिटलाई प्रयोगमा ल्याउन उपयुक्त बनाउन स्लम्पको परीक्षण गर्ने र कंक्रिटको मजबुतीमा प्रत्यक्ष असर पार्ने पानी र सिमेन्टको अनुपात निर्धारण गर्न सिकाउने, निर्माणस्थल मै ग्राहकहरुलाई स्ल्याबको कास्टिङ्ग, कोलम, प्लास्टरिङ्ग, मेशन रिवर्क तथा अन्य निमार्ण कार्यमा सहयोग प्रदान गर्ने, निमार्ण क्षेत्रमा प्राविधिक टोलि पुगी अन्य आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने जस्ता काम सिकाउने जनाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK