×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयो मधेसी मोर्चाका नेताको निद्रा हराम हुने खबर

LAXMI SUNRISE BANK

आयो मधेसी मोर्चाका नेताको निद्रा हराम हुने खबर

१२ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – आइतबार पनि संविधान संशोधन प्रस्ताव टेवल नहुने भएको छ । सरकारको तयारी अनुसार शुक्रबार नै व्यवस्थापिका संसदमा दर्ता हुनुपर्ने संशोधन प्रस्ताव आइतबारका लागि सारिएको थियो । संशोधन प्रस्तावमा सत्तारुढ कांग्रेस र मधेसी सहमत नभएपछि प्रचण्डले आइतबार बस्ने मन्त्रीपरिषद् बैठकबाट पास गराएर प्रस्ताव सदनमा दर्ता गराउने तयारी गरेका थिए । एमाले भने संशोधन प्रस्तावको विपक्षमा उभिदै आएको छ ।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार कांग्रेस र मोर्चाको सहमति बिना संशोधन प्रस्ताव दर्ता गराउँदा पछि अफ्ट्यारो पर्ने देखेपछि प्रधानमन्त्री ब्याक भएका हुन् । मधेसी मोर्चा सीमांकनको विषयमा स्पष्ट उल्लेख भएको संशोधन प्रस्ताव आउनुपर्ने पक्षमा छ । सरकारले राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मका १३ पदमा वंशज नागरिकले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था तलमाथि नगर्ने गरी संशोधन प्रस्ताव तयार पारेकाले पनि मोर्चा असन्तुष्ट  छ ।
 
तर, तराई–पहाडलाई छुट्याउने गरी प्रस्ताव आए त्यसले समस्या निम्त्याउने देखेपछि प्रचण्ड यतिबेला तनावमा छन् । त्यसैगरी अंगीकृतको विषयमा पनि चोतर्फी विरोध भइरहेको छ ।
 
प्रचण्डले अहिलेलाई जसरी भएपनि संशोधन प्रस्ताव टेवल गर्ने र चित्त नबुझेको विषयमा मोर्चालाई ‘नोट अप डिसेन्ट’ लेखेर आउने गरी मनाउन खोजेता पनि मोर्चा यसमा सकारात्मक छैन । मोर्चालाई कांग्रेसले समेत साथ दिएपछि प्रचण्ड के गर्ने के नगर्ने भन्ने अन्यौलमा छन् ।
 
उता तराई–पहाड टुक्राउने प्रस्ताव आए त्यसको विपक्षमा मतदान गर्ने आफ्नै पार्टीका नेताको चेतावनीले प्रचण्डलाई अझ अफ्ट्यारोमा पारेको छ ।
 
संधोन प्रस्तावको ड्राफ्टलाई अन्तिम रुप दिनका लागि प्रचण्डले कांग्रेस र मधेसी दलका नेतालाई सहमतिमा ल्याउने प्रयास गरिरहेका छन् । उनीहरु सहमतिमा आए मात्र प्रस्ताव दर्ता गराउने उनको तयारी रहेको स्रोत बताउँछ ।
 
संशोधन प्रस्ताव दर्ता गर्न ढिलाइ भएपछि आगामी योजना तय गर्न मोर्चाको बैठक बस्दै छ । बैठकमार्फत अन्तिम चेतावनी दिने वा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भन्ने विषय टुंगो लाग्ने एकम नेताले बताए ।

काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी