
काठमाण्डौ । योजना छनोट र बजेट विनियोजनको विषयमा असन्तुष्टी जनाउँदै पूर्वमन्त्री एवं सांसद शिवलाल थापामगरले शनिबार माइन्युट च्यातेका छन् ।
जिल्ला विकास समिति लमजुङको मिटिङ हलमा आयाजित निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको कार्यक्रम निर्देशन तथा व्यवस्थापन समितिको बैठकमा उनले माइन्युट च्यातेका हुन् ।
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका उनी एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री थिए । तनहुँ घर भएका पूर्वमन्त्री थापामगरले निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५० लाख रुपैयाँ लमजुङको क्षेत्र नं. २ का लागि विनियोजन गरेका छन् । सांसदले निर्वाचन क्षेत्र विकासका लागि पाउने बजेट अन्य जिल्लाको निर्वाचन क्षेत्रमा खर्च गरेमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको कार्यक्रम निर्देशन तथा ब्यवस्थापन समितिको सदस्य हुन पाउने प्रावधान अनुरुप उनी बैठकमा सहभागि थिए ।
समितिको संयोजक निर्वाचित सांसद हुने प्रवाधान छ । सांसद चन्द्रबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकमा आफूले सिफारिस गरेको योजना नपरेको भन्दै पूर्वमन्त्री थापाले माइन्युट च्यातेको बैठकका एक सहभागीले बताए ।
ती सहभागीका अनुसार जिविसका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले योजनाको नाम भन्ने र लेखा परीक्षण अधिकृत शम्भू घिमिरेले माइन्युट लेख्दै गर्दा उनले निर्णय लेख्दै गर्दाको माइन्युट च्यातेका हुन् । पूर्व मन्त्री थापामगरले समितिका संयोजक कुँवर, स्थानीय विकास अधिकारी र जिविसका कर्मचारीले आफ्नो प्रस्तावको सुनुवाई नगरी जवर्जस्ती गरेर निर्णय लेखेपछि माइन्युट च्यातेको बताएका आजको कान्तिपुर दैनिकमा खबर छ ।
‘माननीय दिलबहादुर घर्ती र भीष्म अधिकारीले छलफल गरौं । सहमतिमा अगाडि बढौं भन्दै हुनुहुन्थ्यो । संयोजक कुँवर आफैंले ल्याएका योजनालाई अगाडि बढाउनुभो । मेरो कुरा सुनुवाई भएन । सल्लाह गरेर बैठक भोलि राखौं भन्दा एलडीओले पेल्नुभो,’ उनले भने, ‘३ करोडमा २ करोड ९० लाख तपाईंहरुले भनेको ठाउँमा छुट्याउनोस् । मैले भनेको ठाउँमा १० लाख छुट्याइदिनोस् भन्दा संयोजक मान्नुभएन ।’
उनले नरुवल मगरगाउँको संग्रहालय, दुरागाउँको दुरा संग्रहालय, खजेदुरा पार्क, गुम्बा लगायतका ७ योजना पेश गरेको बताए । आदिवासी जनजाति बाहुल्य ठाउँमा योजना पारौं भन्दा संयोजक कुँवरले ‘आदिवासी जनजातिको कुरा नगर्नोस्’ भनेपछि चित्त दुखेर माइन्युट च्यातेको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्