×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संबिधान संसोधन पहिला आफ्नो पद सुनिश्चित हुनुपर्छ : प्रचण्ड

LAXMI SUNRISE BANK

संबिधान संसोधन पहिला आफ्नो पद सुनिश्चित हुनुपर्छ : प्रचण्ड

९ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव दर्ता गर्नुभन्दा पहिले आफ्नो पदको सुनिश्चितता खोजेका छन् । बुधवार सत्ता गठबन्धन दल र मधेसी मोर्चासँगको बैठकमा प्रम दाहालले संविधान संशोधन प्रस्ताव अस्वीकृत भए राजीनामा दिनु पर्ने परिस्थिति आउने भन्दै त्यो भन्दा पहिले पदको सुनिश्चिता गर्न आग्रह गरे ।
संविधान संशोधन प्रस्ताव अस्वीकृत भए नैतिकरुपमा राजीनामा दिनु पर्ने परिस्थित आउन सक्छ, मधेसी मोर्चा र सत्ता गठबन्धनका दलहरुसँग दाहालले भने तपाईहरुले पहिले नै त्यसको गम्भिरता बुझन जरुरी छ । एमालेले अस्वीकार गर्ने बताइसकेको छ, अब दुई तिहाई कसरी पुग्छ, दुई तिहाई नपुग्ने भए म सशोधन प्रस्ताव दर्ता गराउँदिँन ।
जवाफमा मधेसी मोर्चाले संशोधन प्रस्ताव दर्ता भएपछि औपचारिक प्रतिक्रिया दिने बताएका थिए । तपाई संशोधन प्रस्ताव अघि बढाउनुस् हामी बैठक बसेर औपचारिक प्रतिक्रिया दिन्छौ, मधेसी मोर्चाले प्रधानमन्त्रीलाई भने । मधेसी मोर्चाको भनाईबाट प्रधानमन्त्री तर्सेका छन् । उनले संशोधनमा तत्काल सहमति जनाउन मधेसी मोर्चालाई आग्रह गरे ।
बैठकमै मधेसी मोर्चाको मत बाझिँएको थियो । तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदेश त्रिपाठीले सरकारी प्रस्तावमा सहमति जनाएपनि मोर्चा संयोजक तथा संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने विमति जनाएका थिए ।
सरकारले अघि सारेको संशोधन प्रस्तावमा प्रमुख प्रतिपक्ष दल एमालेले अस्वीकार गर्ने, मधेसी मोर्चाका दलहरु विभाजित भएपछि प्रधानमन्त्री दाहाल अप्ठेरोमा परेका छन् । त्यही अप्ठेरो बुझेर उनले आफ्नो पदको ग्यारेन्टी माग्नु भएको हो, राष्टिय समाजबादी पार्टीका प्रवक्ता केशव झाले भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी