
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल निजामती कर्मचारी सङ्गठनको दशौं राष्ट्रिय अधिवेशन मंसिर २७ देखि नेपालगन्जमा हुने भएको छ ।
तीन दिनसम्म नेपालगन्जमा हुने अधिवेशनको सबै तयारी पूरा भएको सङ्गठनका सदस्य गगनबहादुर विकले जानकारी गराए । उनका अनुसार अधिवेशन सम्पन्न गर्नका लागि उपाध्यक्ष मानबहादुर विष्टको संयोजकत्वमा २५१ सदस्यीय मूल व्यवस्थापन समिति र विभिन्न १५ उपसमिति गठन गरिएको छ ।
‘सङ्घीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने मूलनाराका साथ हुन गइरहेको अधिवेशनले तीनवर्षका लागि ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने सदस्य विकले बताए ।
नयाँ कार्यसमितिमा समावेशीसहित १० उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव र एकरएक कोषाध्यक्ष र सहकोषाध्यक्ष चयन गरिनेछ ।
अधिवेशनको नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सङ्गठनमा अहिले ४० हजार कर्मचारी सहभागी रहेका बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्