×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सम्पत्ति विवरण नबुझाउने कर्मचारी अख्तियारको घेरामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सम्पत्ति विवरण नबुझाउने कर्मचारी अख्तियारको घेरामा

८ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सम्पत्ति विवरण नबुझाउने ४ हजार ७ सय कर्मचारी अख्तियारको घेरामा पर्ने भएका छन् । चालु आर्थिक बर्षमा ४ हजार ७ सय ४ जना कर्मचारीले आफ्नो बार्षिक सम्पत्ति विवरण नबुझाएको निजामति किताबखानाले जनाएको छ ।

 भ्रष्टाचार निवारण ऐन अनुसार सार्वजनिक पद धारण गरेका प्रत्येक सदस्यले हरेक आर्थिक बर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्छ ।

निजामति कर्मचारीले पनि भ्रष्टाचार निवारण ऐनसँगै निजामति सेवा ऐन अनुसार हरेक बर्ष सम्पत्ति विवरण पेश गर्नुपर्ने हुन्छ । करिब ८० हजार कर्मचारी रहेको निजामति सेवाका ७८ हजार ९८ जनाले मात्र सम्पत्ति विवरण पेश गरेको किताबखानाले जनाएको छ । किताबखानाले सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीको विवरण सतर्कता केन्द्रमा पठाएको छ ।
 

सर्तकता केन्द्रले मंसिर मसान्तभित्र प्रतिवेदन तयार गरी विवरण पेश नगर्ने अधिकारीहरुको नाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने सर्तकता केन्द्रले जनाएको छ । सर्तकता केन्द्रले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई आवश्यक कारबाही गर्न अख्तियारमा सिफारिस गर्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी