×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबिधान संसोधन नभए फेरि नाकाबन्दी गर्ने हो : सांसद साह

LAXMI SUNRISE BANK

सबिधान संसोधन नभए फेरि नाकाबन्दी गर्ने हो : सांसद साह

८ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – उपेन्द्र यादवका पार्टीका एक जना नेता तथा सांसदले काठमाडौंमा फेरि नाकाबन्दी गर्न धम्की दिएका छन । संघीय समाजवादी फोरम नेपालका  सांसद अभिषेकप्रताप साहले काठमाडौंलाई नाकाबन्दी गर्ने धम्की दिएका हुन ।
मधेसबाट राजधानीसहित मुलुकका अरु भागमा जाने अन्नपानी र तेल रोकेर मधेसलाई छुट्टै देश घोषणा गर्नुपर्ने माग उनको छ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै साहले मधेसलाई छुट्टै राष्ट्र घोषणाका लागि सडकमा उत्रन मधेसीलाई अपिल गरेका हुन् ।
प्रमुख तीन दल संविधान संशोधनमार्फत आफूहरुका माग सम्बोधन गर्ने पक्षमा नदेखिएको संकेत गर्दै साहले मधेसी नेतालाई काठमाण्डु छाडेर मधेस झर्न भनेका छन् । ‘सब करो मधेसी नेता अब आओ वापस मधेस, बंद करो दाना, पानी, तेल और माँगो अलग राष्ट्र मधेस’, साहले फेबुकमा लेखेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी