×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से ०.७१ प्रतिशतले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्से ०.७१ प्रतिशतले घट्यो

Artha Sarokar

८ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – बुधबार नेप्से परिसूचक शून्य दशमलव ७१ प्रतिशतले घटेको छ । बजार खुलको केही समय स्थिर रहेको परिसूचक त्यसपछि ओरालो लाग्न थालेको थियो । १ घण्टाको व्यापारमा नेप्से ११ दशमलव १८ अङ्कले घटेको हो ।

होटल र जलविद्युत समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसुचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा एभरेष्ट बैङ्क र नेशनल लाइफ इन्स्योरेन्सको रू। ३ करोड  भन्दा बढीको बराबर शेयर कारोबार भएको हो ।

जलविद्युत समूहको परिसूचक शून्य दशमलव ५३ प्रतिशत र होटलको शून्य दशमलव १९ प्रतिशतले बढेको छ । त्यस्तै, बैङ्किङ समूहको परिसूचक १ दशमलव ११ प्रतिशतले घटेको छ । साथै, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ४९ प्रतिशत, बीमाको शून्य दशमलव ४२ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव शून्य ६ प्रतिशतले घटेको हो । ‘अन्य’ समूह भने स्थिर रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी