×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमल थापा जुटे सत्ता बार्गेनिङमा

LAXMI SUNRISE BANK

कमल थापा जुटे सत्ता बार्गेनिङमा

८ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमा दलिय सहमति जुटाउने प्रयास थालिरहेका बेला राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानसहित स्थानीय विकास मन्त्री मागेका छन् ।
प्रधानमन्त्रीको संशोधन प्रस्तावलाई समर्थन गर्न उनले उपप्रधानमन्त्रीसहित स्थानीय विकास र अन्य थप दुई मन्त्रालय मागेका हुन् । पार्टी एकीकरण भएलगतै सत्ताको बार्गेनीडमा जुटेका राप्रपा अध्यक्ष थापाले स्थानीय विकास मन्त्रालय मागेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि थापा उपप्रधानसहित स्थानीय विकास मन्त्री थिए ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थापाले आफ्नो पार्टी पनि अब सरकार पक्ष भएको बताउँदै थप तीन मन्त्रालय दिन माग गरेका छन् । राप्रपा र राप्रपा नेपाल एकीकरण हुनुभन्दा पहिले राप्रपा सरकारमा थियो । राप्रपाका तर्फबाट दुई मन्त्री सरकारमा छन् ।
थापाले स्थानीय निकायको निर्वाचन हुनेबेला आफु स्थानीय विकासमन्त्री बन्ने चाहाना प्रचण्डसँग राखेका छन् । उनले आफु सरकार पक्ष हुन तयार भएको बताउँदै थप तीन मन्त्रालय मागेको बालुवाटार स्रोतले बताएको छ ।
एकीकरणपछि राप्रपा नेपाल ब्यवस्थापिका संसदको गणितमा ठुलो दल भएको दावी गर्दै सरकारमा तेस्रो स्थान खोजेको छ । पहिलो कांग्रेस, दोस्रो माओवादी केन्द्र र तेस्रो स्थान सरकारमा आफ्नो हुनु पर्ने माग थापाको रहेको स्रोतले बताएको छ । राप्रपाको अब ब्यवस्थापिका संसदमा ३७ सिट रहेको छ ।
थापाको प्रस्तावमा प्रधानमन्त्री दाहालले सरकारमा लिने आश्वासन पनि दिएका छन् । स्थानीय विकास मन्त्री नै दावी नगर्न आग्रह गर्दै दाहालले थप दुई मन्त्रालय दिन सक्ने बताए । उपप्रधानमन्त्रीसहित थापालाई सरकारमा लिन दाहाल तयार भएका छन् । दाहाल नेत्रृत्वको सरकारमा अझै चार मन्त्रालय रिक्त नै रहेका छन् । ति मध्ये उपप्रधानसहित एक मन्त्रालय रोज्न थापालाई दाहालले आग्रह गरेको स्रोतले बताएको छ ।
आज मधेसी मोर्चासँग छलफल
संविधान संशोधनमा दलिय सहमति जुटाउन कस्सिएका प्रधानमन्त्री दाहालले आज आन्दोलनरत मधेसी मोर्चासँग छलफल गर्ने भएका छन् । मधेसी मोर्चाको राय बुझन र उनीहरुको सहमतिमा संविधान सशोधन प्रस्ताव दर्ता गर्न प्रधानमन्त्रीले मधेसी मोर्चाका नेताहरुलाई बालुवाटारमा बोलाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी