
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – युरोपियन देश स्वीडेनमा वर्किङ भिषामा पठाईदिने भनि बिज्ञापन प्रकाशन गरी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत घर भएका २९ बर्षीय मुकेश कुमार शर्मा , २७ बर्षीय अभिषेक यादब तथा कास्की पुम्दी घुम्दी–२ घर भई चितवन बस्ने २४ बर्षीय रमेश बास्तोला रहेका छन् ।
काठमाडौँ महानगरपालिका–१५ रेडक्रस मार्ग स्थित होटल प्लाटिनम एण्ड स्पाको हलमा नेपाली युवाहरुलाई स्विडेन पठाईदिने भनि रकम समेत मगाई पीडितहरुलाई अन्तरवार्ता लिईरहेको तथा फारामहरू समेत भराई रहेको अवस्थामा मंसिर ३ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
बैदेशिक रोजगारीको नाममा दर्जनौं नेपाली युवाहरुलाई ठगी गरेको बुझिन आएको हुंदा प्रारम्भिक अनुसन्धान पश्चात निजहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागी बैदेशिक रोजगार विभागमा पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्