
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – राप्रपा नेपाल र राप्रपाबिच पार्टी एकताको घोषणा भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित घोषणासभामा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिसमशेर राणाले पार्टी एकताको घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।
एकतापछि एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी भएको छ । कमल थापा पार्टीको अध्यक्ष र संसदीय दलको नेता भएका छन् भने पशुपतिशमशेर राणा राष्ट्रिय अध्यक्ष बनेका छन् ।
घोषणासभामा तीन महिनाभित्र महाधिवेशन गर्ने र दुवै पक्षका पदाधिकारी यथावत रहने समझदारी भएको छ । नयाँ पार्टीको चुनाव चिन्ह भने महाधिवेशनले तय गर्ने सहमति भएको छ । दुवै पार्टीका आधाआधा गरि ३ सय सदस्यीय केन्द्रिय कार्यसमिति बनाइएको छ । एकीकरणपछि संसदमा राप्रपाका ३७ जना सांसद भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्