
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सभापति देउवाले नेता खुमबहादुर खड्कालाई उपसभापति पदमा नराख्न भारतले नमानेको घुमाउरो शैलीमा बताएका चर्चाले अहिले काग्रेस भित्र चर्चा पाउन थालेको छ ।
यससँगै देउवा–खड्काको सम्बन्ध झनै चिस्सिन पुगेको छ । उता, प्रचण्ड सरकारमा उपप्रधानमन्त्री समेत रहेका बिमलेन्द्र निधिले पार्टीको उपसभापति पदमा आकाक्षा राख्दै आएको भए पनि निधिले समेत सो पद नपाउने सम्भावना बढेको काग्रेस वृत्तमा चर्चा छ । यसअघि देउवाले उनलाई नै उपसभापति बनाउने कबुल समेत गरेका थिए । तर,अब देउवाले यी दुबै भाइलाई उपसभापति नबनाई गोपालमान श्रेष्ठलाई बनाउन लागेको थाहा भएको छ ।
यससँगै पार्टीको महामन्त्री पदमा पूर्णबहादुर खड्कालाई नियुक्ति गर्ने निश्चित भएको छ । पूर्ण बहादुर खड्काको भाग्य चम्कदै गर्दा देउवालाई तेह्रौ महाधिवेशनमा सभापति बनाउन कम्मर कस्सेर लागेका खुमबहादुर खड्का हेरेका हेर्यै हुने भएका छन ।
कांग्रेसको १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन दिलो ज्यान दिएर लागेका खुमबहादुर खड्कालाई पार्टीको संसदीय बोर्डमा ल्याउने आश्वासन देखाउन थालेका छन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्