×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपेन्द्र यादवले कुर्सी पाउनेभएपछि………

LAXMI SUNRISE BANK

उपेन्द्र यादवले कुर्सी पाउनेभएपछि………

५ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को माओवादी गठबन्धनले एकिकृत हुँन लागेको राप्रपा नेपालसहित संघीय गठबन्धनका संयोजक तथा समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा लैजाने अभ्यास थालेका छन् ।
सरकारका सामेल गराउँन प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका भावी कार्यकारी तथा संसदीय दलको अध्यक्ष थापा र यादवसँग भएका छुट्टाछुट्टै भेटवार्ताहरुमा यस्तो प्रस्ताव राखेको उनी निकट स्रोतले बताएको छ ।
३० कार्तिकमा प्रधानमन्त्री प्रचण्डले संघीय गठबन्धनका संयोजक यादवसँग भेटवार्ता गर्दै जसरीभएपनि संविधान संशोधन गर्नुपर्ने बताएका थिए । उनले त्यसका लागि आफूले उपयुक्त वातावरण बनाइरहेको समेत विश्वास दिलाएका थिए । त्यसपश्चात् माओवादी केन्द्र निकटका नेता यस विषयमा यादवसँग निरन्तर अनौपचारिक संवाद गरिररहेका छन् ।
उता, संविधान संशोधन नहुँदासम्म सरकारमा नजाने अडान राखेका संयोजक यादवले पनि उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयको कुर्सीमा बस्ने रुची देखाएको माओवादी वृत्तमा चर्चा चल्न थालेको छ ।
तर, कांग्रेस–माओवादी गठबन्धनका शिर्ष  नेताहरुले भने यादवलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएर भएपनि सरकारमा ल्याउने भएका छन् ।
  • एस काठमाडौं 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी