×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेनामा नेपालीलाई नक्कली भर्ती गराउने गिरोहको खुलासा, आसंका आई एस आई सम्म

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतीय सेनामा नेपालीलाई नक्कली भर्ती गराउने गिरोहको खुलासा, आसंका आई एस आई सम्म

५ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ – भारतीय सेनामा नेपालीहरुको भर्ती गराउनेमा पाकिस्तानी गुप्तचर सँस्था आई एस आई को हात रहेको आसंका गरिएको छ । गंभिर घटनामा गरिएको यस्तो आसंकाले भारतीय गुप्तचर एजेन्सीमा निकै ठूलो खैलाबैला मच्चिएको छ ।
भारतीय इन्टेलिजेन्स ब्युरो (आई बी ) र मिलिट्री इन्टेलिजेन्स सहित अन्य थुप्रै गुप्तचर एजेन्सीका अधिकारीहरुले एस टी एफ को हातमा परेका एमबी क्लबका कर्मचारी सन्दीप थापा र मिलन थापासंग विहिबार निकै लामो सोधपुछ गरेका थिए । दुबैसंग समुहका मास्टरमाइन्ड प्रकाश थापाका बारेमा जानकारी लिने प्रयास भएको थियो ।
प्रकाश थापाको आई एस आई का उच्च अधिकारीहरुसंग राम्रो र नजिकको सम्बन्ध रहेको वताइएको छ । भारतीय गुप्तचर सुत्रहरुले मास्टर माइन्ड प्रकाश थापा नेपालमा रहेको अनुमान गरेका छन् । लखनउ, देहरादुन र भारतका विभिन्न शहरमा आवत जावत गरिरहने थापा पहिले नेपालको मिलिट्री इन्टेलिजेन्समा रहेको भारतीय एजेन्सीहरुको दावी छ ।
हाल थापा चीन र बंगलादेश वोर्डर एरियामा रहेको समेत भारतीय एजेन्सीहरुले अनुमान गरेका छन् । भारतीय सेनाको गोरखा रेजीमेन्टमा नेपाली मुलका युवकहरुको भर्ति हुने गथ्र्यो । भारतीय गुप्तचर एजेन्सीका अनुसार नेपालबाटै हुने उक्त भर्ती सन २०१३ मा नेपालको वोर्डरबाट आई एस आई ले भारत विरोधी गतिविधिमा तिव्रता दिएपछि उक्त भर्तीमा प्रतिवन्ध लगाइयो र त्यहिबेला देखि प्रकाश थापाले नक्कली दस्तावेज तयार गरि नेपालीहरुलाई भारतीय सेनामा भर्ती गराउन सुरु गरेका थिए ।
उनले करिब २०० नेपालीहरुलाइ भारतीय सेनामा भर्ती गराएको अनुमान छ । त्यसमा अधिकाँश संवेदनशिल सैन्य क्षेत्र तथा नेपाल, चीन र वंगलादेशको वोर्डर क्षेत्रमा तैनाथ शक्ति छ । भारतीय गुप्तचर एजेन्सीहरुको आसंका छ की सबै नेपाली मुलका सुरक्षाकर्मी पाकिस्तानी गुप्तचर एजेन्सी आई एस आई का लागि काम गर्छन । गोप्य, संवेदनशील र राष्ट्र विरोधी सुचनाहरुको आदान–प्रदान गर्छन ।
नक्कली दस्तावेजद्धारा गरिएका भर्तीको रहस्य खुलेपछि सबै नेपाली मुलका फौजीको विवरण संकलन गरिदै छ । प्रकाश थापाले सेनाका अतिरिक्त सरकारी र गैरसरकारी सँस्थानहरुमा पनि हजारौं नेपाली भर्ती गरेको गुप्तचर एजेन्सीहरुको आसंका छ । भारतीय गुप्तचर एजेन्सी यतिवेला नेपालमा सम्पर्क गर्दै प्रकाश थापा र देशमा रहेको उनको नेटवर्क पत्ता लगाउन सक्रिय छन् ।
भारतीय सेनामा नेपालीहरुलाई भर्ना गराउने गिरोहको पहुँच सेनाको रेकर्ड रुमसम्म रहेको खुलासा भएको छ । एस टी एफ द्धारा पक्राउ गरिएका गिरोहका एक सदस्यले पूर्व सैनिकहरुको डिस्चार्ज बुक को कोड पैसा लिएर वताउने गरेको खुलाएका हुन् । त्यस अवैध प्रकृयामा भारतीय सैनिक अधिकारीहरुको समेत मिलेमतो रहेको अनुमान गरिएको छ । अव यस विषयमा भारतीय मिलिट्री इन्टेलीजेन्सले छानविन गर्ने भएको छ ।
स्पेशल टास्क फोर्स (एस टी एफ) ले बुधवार छावनीमा छापा मार्ने क्रममा एम वी क्लवमा काम गर्ने सन्दीप थापा, माया कम्प्युटर कोचिंग सेन्टरका सञ्चालक अनिल श्रीवास्तव र निलमथा निवासी मिलन थापालाइ गिरफ्तार गरेको छ । यस गिरोहले ७ देखी १० लाख रुपैंया लिएर नेपाली नागरिकलाई भारतीय सेनामा भर्ति गराउने गरेको रहस्य खुलेको छ ।
एसटीएफ ले उनीहरुका साथबाट नक्कली मार्कसीट, सेना को डिस्चार्ज वुक लगायतका सामानहरु बरामद गरेको छ । गिरफ्तार भएका मध्य एक जनाले त ५० हजार रुपैंया लिएर पूर्व सैनिकहरुको डिस्चार्ज बुकको कोड वताउने गरेका थिए । यस विषयलाई मिलिट्री इन्टेलिजेन्स व्युरोले गंभिरतापूर्वक लिएको छ ।
डिस्चार्ज वुक पूर्व सैनिकको हातमा हुन्छ र त्यसको पुरा विवरण सेनाको रेकर्ड रुममा मात्रै हुन्छ । दलाल गिरोहको पहुँच सेनाको रेकर्ड रुमसम्म र वाहालवाला अधिकारीसम्म कसरी पुग्यो ? जहाँबाट डिस्चार्ज बुकहरुको डिटेल दलालहरुले जुटाए र त्यसको प्रयोग नेपाली सेनाको भर्तिका वेला गरे । यसमा मिलिट्री इन्टेलिजेन्स तीन छक परेको छ ।
भारतीय सेनामा नेपालीहरुलाई भर्तिका लागि नक्कली प्रमाणपत्र वनाउनेवाला कलेक्ट्रेटका कर्मचारी समीर सिंह, मजहर र पिन्टुको खोजीमा रहेको एस टी एफ ले शुक्रबार दिनभर विभिन्न स्थानमा छापा मारेको छ । समिर सिंह नक्कली दस्ताबेज बनाएर भारतीय सेनामा नेपाली भर्ति गराउने मास्टरमाइन्ड प्रकाश थापाका विश्वासपात्र रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समिर सिंहको गिरफ्तारी पछि मात्रै थापाको नेटवर्क बारे अझ थुप्रै महत्वपूर्ण पाटापक्षहरु उजागर हुन सक्ने विश्वास गरिएको छ ।
गिरोहका प्रमुख प्रकाश थापा २६ नोभेम्वरमा लखनउ गएर कैयौं नेपालीहरुलाइ भारतीय सेनामा भर्ति गराउने तयारीमा थिए । एस टी एफ ले लखनउ उनको पुग्ने संभावित स्थान घेराबन्दी गरेपछि थापाको ग्यांगमा खैलाबैला मच्चिएको वताइएको छ । एक्स सर्भिस म्यान को डिस्चार्ज बुकको कोड लिक गरि नेपालीहरुलाई एक्स सर्भिस म्यान वनाउन भूमिका खेल्ने मध्यका एक जी आरसी हवल्दारमाथि छानविन सुरु भएको छ ।
एस टी एफ सुत्रलाई उद्धृत गर्दै ति हवल्दारको संकास्पद भूमिकाबारे सैन्य अधिकारीहरुलाई तुरुन्त पत्र पठाइने भएको छ । यसका अतिरिक्त सेनामा भर्ती नेपालीहरुको छानवीनका लागि भारतीय सेना र गृह विभागका अधिकारीहरुलाई पत्र लेख्ने बिषयमा विचार विमर्श भइरहेको वताइएको छ ।
यसैगरि वुधबार राती एसटीएफ टिमको गिरफ्तारीमा परेका मिलन थापासंग बरामद नेपाली सीमकार्डबाट कल डिटेल निकाल्ने प्रयास भइरहेको वताइएको छ । मिलन थापा गिरोहका मास्टरमाइन्ड प्रकाश थापाका नजिक थिए । दुई वीच अधिकाँश समय संवाद हुन्थ्यो । त्यसैले मिलनको नेपाली सीमकार्डबाट पनि कैयौं रहस्य सामुन्ने आउने अनुमान गरिएको छ ।
  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी