×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शान्ति सम्झौताको आज १० वर्ष पूरा, अझै के–के काम बाँकी ?

LAXMI SUNRISE BANK

शान्ति सम्झौताको आज १० वर्ष पूरा, अझै के–के काम बाँकी ?

५ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको आज १० वर्ष पूरा भएको छ ।
शान्ति सम्झौताको १० वर्ष बित्दासमेत सम्झौताका कतिपय प्रावधान अझै कार्यान्यवन भएका छैनन् । ५ मंसिर २०६३ मा भएको शान्ति सम्झौतामा सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि तत्कालिन नेकपा माओवादीले १० वर्ष लामो सशस्त्र युद्ध अन्त्यको औपचारिक घोषणा गरेको थियो । सम्झौतामा उल्लेख भएअनुसार माओवादी सेनाका लडाकु समायोजन तथा संविधानसभामार्फत संविधान निर्माणको काम सकिए पनि केही काम अझै सकिएका छैनन् ।
द्वन्द्वकालिन घटनासँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग बने पनि दुवै अयोगले काम सकेका छैनन् । द्वन्द्वकालिन घटनाबारे राजनीतिक तहमा समझदारी बन्न नसक्दा आयोगहरु प्रभावकारी देखिएका छैनन् ।
  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी