×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एउटा स्वतन्त्र मुुलुक टाट नपल्टदासम्म भारु खोस्टो बनाउन पाइदैन

PRIME CA

एउटा स्वतन्त्र मुुलुक टाट नपल्टदासम्म भारु खोस्टो बनाउन पाइदैन

३ मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – नेपालमा मात्र होइन, भुटान, सिंगापुर, दुबई जस्ता  मुलुकमा पनि केहि हद सम्म भारु चल्ने गर्छ  । यस मध्ये पनि एउटा स्वतन्त्र मुुलुक टाट नपल्टिँदासम्म आफ्नो मुद्रालाई खोस्टो बनाउन पाइँदैन । भारत सरकारले जिम्मेवारीपूर्वक यसलाई सल्टाउनुपर्छ ।
निश्चित विधि बनाएर भारत सरकारले सटहीको सुविधा दिनुपर्छ । ५ सय र हजारको नोट भारतले स्वीकृति दिएर नै नेपालमा चलाउन थालिएको हो । अहिले भारतले सीमित मात्राका लागि मात्रै सटही सुविधा दिएको छ ।
तर, हामी भारु नोट साट्दैनौं भन्न भारतले मिल्दैन । कुनै पनि देशको स्वतन्त्र मुद्रा अर्को मुलुकले क्षतिपूर्ति नदिई ‘डिमोनिटाइज’ गर्न सक्दैन । त्यसो गर्ने हो भने डलर एक दिन ‘डिमोनिटाइज’ गरियो भने विश्व नै टाट पल्टिन्छ । र, यस्तो कुरा कल्पना गर्न सकिँदैन ।
हुन त हामीले भारु कारोबारका लागि होइन, सटहीका लागि मात्रै चलाउने भनेको हौं । तर, व्यवहारमा सीमावर्ती क्षेत्रका मानिसहरुले भारतीय रुपैयाँमै कारोबार गरिरहेका छन् । त्यसैले उपयुक्त स्रोत देखाएर बैंकिङ च्यानलमा ल्याइन्छ भने त्यसलाई साटिदिनका लागि नेपाल र भारत दुबै देशका बैंकहरु तयार हुनुपर्छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: