
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सामाजिक सञ्जालका कारण विभिन्न खालका अपराध बढेको बताएका छन्। ११ औँ महानगरीय प्रहरी दिवसको अवसरमा बुधबार बिहान महानगरीय आयुक्तको कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक अर्यालले पछिल्लो समयमा नेपालमा भित्रिएको प्रविधि र सामाजिक संञ्जालको प्रयोग गरेर विभिन्न खालका अपराध हुने गरेको भन्दै माध्यमबाट विभिन्न खालका अपराध हुने गरेको भन्दै सबैले त्यसमा सचेत रहन आग्रह गरेका छन्।
महानिरीक्षक अर्यालले भने विश्वमा सामाजिक सजालको प्रयोग बढ्दो छ, त्यसको प्रभाव नेपालमा पनि राम्रोसँग गरेको छ, तर नेपालमा त्यसको गलत प्रयोग हुने गरेको छ। उनले भने( ुकुनै राम्रो कुरालाई कसैले ध्यान दिँदैन, नराम्रा कुरालाई भाइरल बनाइन्छ, त्यसबाट धेरै पीडित हुनु परेको छ।
हामीले साइबर अपराध रोकथाम गर्न धेरै प्रयास गरेका छौं तर पनि सोचेजस्तो उपलब्धी हासिल हुन सकेको छैन, हामी साईबर अपराध रोकथाममा विषेश लागी परेका छौुं, उनले भने। अपराध गर्ने उद्देश्य राखी अपराधीले प्रविधि भित्रायाएको पनि अर्यालले कार्यक्रममा बताए। उनले भने( ुअपराध गर्ने लक्ष्य राखेर अपराधीहरूले विभिन्न प्रविधि भित्र्याएको भेटियो, प्रहरीलाई चुनौती दिने खालका प्रविधि भित्र्याएर अपराध गर्ने प्रवृती बढेको छ।
कार्यक्रममा महानगरीय अपराध महाशाखामा रहेर अपराध अनुसन्धान गरेको भन्दै एसएसपी समेन्द्र खनाललाई सम्मान गरिएको छ। खनालले महाशाखामा रहेर अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको हो। त्यसैगरी काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापालाई पनि सम्मान गरिएको छ। ब्यवस्थित तरिकाले काठमाडौंको शान्ति सुरक्षा कायम राखेको भन्दै उनलाई सम्मान गरिएको हो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्