×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेढ लाखको व्याग,साठी हजारको चस्मा किन्ने हैसियत राख्ने सुजता साचै उपचार गर्ने नसक्ने हो त ?

LAXMI SUNRISE BANK

डेढ लाखको व्याग,साठी हजारको चस्मा किन्ने हैसियत राख्ने सुजता साचै उपचार गर्ने नसक्ने हो त ?

३० कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – झण्डै करोड रुपैयाँ पर्ने विलासी गाडीमा हिड्ने सुजाता कोइरालासँग कति सम्पत्ति होला  सायद यस्को उत्तर सुजतासँग पनि छैन । सुजाताको काठमाडौंको मण्डिखाटारमा आफ्नो आलिसान महल छ । यस्को अलवा बिराटनगर उपमहानगरपालिका ९ नम्बर वडा र बखरीमा सुजाताका नाममा अहिले १४ विघा जमिन रहेको बताइएको छ ।
विराटनगर उपमहानगरपालिकाभित्र पर्ने त्यस ठाउँको जमीनको मूल्य अहिले कम्तिमा पनि एक विघा बराबर ९० लाख देखि १ करोडसम्म पर्छ । यो हिसाबले त्यो जग्गाको मूल्य १४ करोडभन्दा बढीको सम्पत्ति त्यहीँ छ ।
यसको अलवा विराटनगर उपमहानगरपालिका वडा नम्बर १५ मा थप १५ कठ्ठा ९ धुर जमिन छ । बखरी क्षेत्रको भन्दा वडा नम्बर १५ मा रहेको १५ कठ्ठा जमिन अझैं महंगो जग्गामा गनिन्छ ।
साथै सुजताको नाममा मोरङ उपमहानगरपालिका वडा नम्बर ३ मा थप ८ कठ्ठा, १० धुर, मोरङ्गकै डाइनिया गाविस वडा नम्बर ६ को कित्ता नम्बर ३९ मा ११ कठ्ठा १५ धुर जमिन छ । यसै गाविसको वडा ७ मा कित्ता नम्बर ४० मा फैलिएको २ कठ्ठा १२ धुर जमिन छ । त्यसै क्षेत्रमा कित्ता नम्बर ४२ मा ४ कठ्ठा १२ धुर थप जमिन छ भने त्यहीँ कित्ता नम्बर ४९ मा १२ कठ्ठा १४ धुर अर्को प्लट छ ।
कोशी अञ्चल अस्पतालको ठीक अघि एउटा विशाल सेतो घर छ । करिब ८ कठ्ठाको क्षेत्रफलभित्र पर्खालले घेरिएको उक्त घर नेतृ सुजाता कोइरालाको आफ्नै नाममा छ । सुजाता बिराटनगरमा रहँदा त्यही घरमा बस्ने गर्छिन् । त्यो घरको मूल्य १ करोड भन्दा बढी पर्छ । घर वरपर फैलिएको ८ कठ्ठा जमीनलाई कम्तिमा पनि २५ करोड बराबर मूल्य पर्छ । सुजाताको घर भएको त्यस ठाउँमा जमिनको मूल्य धुरकै कम्तिमा ३० लाख रहेको बताइन्छ ।
यी त भए अचल सम्पत्ति उनीसँग भएको चल सम्पत्तिको अझै हिसाब किताब गरिएको छैन । अर्वपति भित्र गनिने सुजाताले आफ्नो जवानी जर्मनीमा बिताइन,तिनको उपचार अहिले नेपाली जनताले गरिदिनुपरेसँगै सुजता कोइरालाको चौतर्फी आलोचना भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी