
काठमाण्डौ – नियमअनुसार कुनै पनि फौजदारी अभियोग लागेको व्यक्ति संवैधानिक निकायमा रहन अयोग्य ठहरिन्छ । तर नेपालमा सानालाई मात्र लाग्ने हो ऐन कानुन । ठूलालाई जे गरे पनि चैन छ ।
उपसभामुख गंगाप्रसाद यादवले नैतिक पतन देखिने अपराध गरेको सार्वजानिक भएको छ । उनी २०७० सालमा सम्पन्न संबिधान सभाको दोश्रो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट समानुपातिक सभासदमा मनोनीत भएका हुन । पछि उपसभामुख बनाइयो ।
यादव नैतिकपतन देखिने फौजदारी अभियोगको कसुरमा सजाय पाएको र अदालतबाट तोकिएको कैद भुक्तान नगरी फरार रही वसेको व्यक्ति रहेको भेटिएको छ ।
यादवले सप्तरी १ नं।जोगीनियाँ ५ बस्ने वच्चालाल सुनरैत यादवको भोग चलन तिरो भित्रको विभिन्न कित्ताको जग्गा सर्वे नापी नभई गाउँ व्लकमा रहेको जग्गाको २००८ सालको रसिदलाई २०२८ सालको वनाई मालपोत कार्यालय सप्तरीबाट २०४१।४।४ मा रसिद लिएको र सो जग्गा आफ्नो देखाई रु।२००० थैली राखी मिति २०४१।७।१५ गतेका दिन कुशुमलाल सुनरैतलाई वकसपत्र पारित गरी दिएका थिए ।

त्यसरी आफ्नो हुदै नभएको जग्गा आफ्नो देखाई झुठा कागज वनाई लिनु दिनु गरेकोमा बच्चालाल सुनरैत यादवले ०४४ सालमा जालसाज मुद्दामा तत्कालिन सगरमाथा अञ्चल अदालत राजविराज बेन्चको संयुक्त इजलाशबाट मिति २०४५ साल आश्विन ३ गतेका कसुरदार ठहराई यादवलाई रु।२५० जरिवाना गर्ने अन्तिम निर्णय गरेको रहेछ ।
गंगा प्रसाद यादवलाई सप्तरी जिल्ला अदालतमा कुटपिट मुद्दा समेत लागेको भेटिएको छ । सोही मुद्धामा फैसला हुदां रु।३६ जरिवाना र १८ दिन कैद हुने गरि फैसला भएको सार्वजानिक भएको छ ।
त्यसैगरी चुन्नी माझी यादव, गंगा प्रसाद यादव भएको कुटपिट मुद्दामा जरिवाना रु।१६।६७ र कैद दिन ९, भएको र सोकुरा सप्तरी जिल्ला अदालतको लगत नं।६८ मा कायम रहेको सार्वजानिक भएको छ । आजका मितिसम्म कैद असुल भएकोछैन ।
यसरी किर्ते जालसाजको कसुर गरेको र अर्कोतर्फ कैद भुक्तान नगरी फरार रही रहेको व्यक्ति नेपालको व्यवस्थापिका संसदको सदस्य रहनु कानूनी शासनको बर्खिलापमा भएको भन्दै सप्तरीकै पुन्द्र नारायण सिपलियाले उनी विरुद्ध सर्वोच्चमा मुद्धा दायर गरेसँगै यस्को रहस्योद्घाटन भएको हो । एस काठमाण्डौबाट साभार गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्