×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवालाई छाडेर एक्लै अघि बढ्ने तयारीमा छन् प्रचण्ड

LAXMI SUNRISE BANK

देउवालाई छाडेर एक्लै अघि बढ्ने तयारीमा छन् प्रचण्ड

३० कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र संविधान संसोधनमा  एक्लै अघि बढ्ने भएको छ । मोर्चाले दिएको १५ दिनको समयसीमा सत्तासाझेदार कांग्रेससँग र प्रतिपक्ष एमालेसँग सहमति गर्ने त्यो नभए एक्लै अघि बढ्ने तयारी गरेको छ ।
सीमांकन र नागरिकताका विषयमा सत्तासाझेदार कांग्रेस एमालेसँग नजिक रहेकाले अप्ठ्यारो भइको प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमलदाहालको बुझाई छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहमत नभए पनि संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी सरकारले गरेको छ । ‘अबको समयसीमाभित्र शुरुमा संविधान संशोधनका लागि दलीय छलफल र संशोधनप्रक्रिया एकसाथ अघि बढाउने सरकारको तयारी छ’स्रोतले भन्यो ‘तर एमाले तयार नभएपनि संविधान संसोधनको प्रक्रिया अघी बढ्ने छ ।कांग्रेसले नै साथ नदिए पनि प्रधानमन्त्रीलाई संसोधन प्रस्ताव लैजाने बाध्यता छ ।’
प्रधानमन्त्री दाहालले त्यस विषयमा पार्टीभित्र जानकारी गराइसकेको एक नेताले नेपाल पाटीलाई बताए ।
आफ्नो सरकारको पहिलो प्राथमिकता संविधान सर्वस्वीकार्य हुने गरि संसोधन र मधेश मुद्धा समाधान भन्ने स्थापित गर्न तल्लिन रहेका प्रचण्डले प्रधानमन्त्री बनेपछि आफ्ना मन्त्रीपरिषद बैठकबाट मधेशी आन्दोलनकारीका माग सम्बोधन हुनेगरी निर्णय गराइरहेका छन् ।
तर एमालेले यो कुराको विरोध गर्दै आएको छ ।प्रधानमन्त्री प्रचण्ड भारत जानु अघी संविधान संसोधन प्रस्तावदर्ता गराउन चाहे पनि सम्भव नभएपछ उनले तिहारसम्मको भाका राखेका थिए । सोमबार मधेसी मोर्चाले मंसिर १३ गतेसम्मको भाका सारेपछि उनलाई राहत मिलेको छ । प्रधानमन्त्री दाहालले उक्त विकल्पसहित पूर्व र पश्चिमका पाँच जिल्लाबारे मोर्चालाई मान्य हुने गरी विकल्प सुझाउनसमेत देउवालाई आग्रह गरेका छन् । एमालेले भने नवलपरासीदेखि बर्दियासम्मको सीमांकनगर्दा प्रदेश ५ र ६ का पहाडी जिल्लाको नक्सांकन चलाउनुपर्ने हुँदा फेरि विरोध उठ्न सक्ने भन्दै असहमति जनाइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालबलदेवले केहीदिनमा संविधान संशोधनप्रक्रिया अघि बढ्ने बताए । एमालेले संविधान संसोधन सहजै हुननदिने संकेत गरिसकेको छ । एमालेले संविधान संसोधनको औचित्य पुष्टि गर्न चुनौतीदिएको छ ।
सीमांकन, नागरिकता, राष्ट्रिय सभामाप्रतिनिधित्वलगायतविषयमा संशोधन प्रस्तावतयार गर्नेबारे लामो समयदेखि छलफल भइरहेको छ । संविधान संशोधनका निम्ति संसदमा दुई तिहाई पुग्न सरकारलाई नेकपा एमाले सहित केही साना दलको साथ अनिवार्य चाहिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी