×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई राप्रपा नेपाल एक हुँदै

LAXMI SUNRISE BANK

दुई राप्रपा नेपाल एक हुँदै

३० कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं-राप्रपा र राप्रपा नेपालबीच मंसिर ६ गते पार्टी एकता घोषणा हुने भएको छ । पार्टी एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा रहनेछ भने अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा हुनेछन् ।
मंगलबार बसेको राप्रपा र राप्रपा नेपालको संयुक्त पदाधिकारी बैठकमा पार्टी एकताको सहमति भएको हो । सहमति अनुसार माघभित्र महाधिवेशन हुनेछ । दुवै पार्टीबीच अन्तरिम विधान आदान आदान प्रदान भएको छ । यो विधान आगामी महाधिवेशनबाट नयाँ विधान तयार नभएसम्म कायम रहनेछ ।
राप्रपा र राप्रपा नेपालबीच साउन २५ गते नै पार्टी एकता घोषणा गर्ने समझदारी भएको थियो । तर, २४ गते राप्रपाले प्रचण्ड सरकारमा सहभागी हुने घोषणा गरेपछि एकता भाँडिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी