
काठमाडौँ – सोमवार नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले बढेको छ । केही समय उतारचढावमा रहेको शेयर बजार १ घण्टाको व्यापारमा नेप्से ६ दशमलव ५० अङ्कले बढेर १ हजार ७ सय ६ दशमलव ५० विन्दुमा पुगेको हो । यस समयमा कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । यस व्यापार अवधिमा एभरेष्ट बैङ्कको रू. ४ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको प्रति कित्ता शेयर रू. ३ हजार ७ सयमा किनबेच भइरहेको छ ।
जलविद्युत समूहको परिसूचक शून्य दशमलव ७१ प्रतिशत, बैङ्किङको शून्य दशमलव ५१ प्रतिशत र ‘अन्य’ को शून्य दशमलव ४२ प्रतिशतले बढेको हो । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ३१ प्रतिशत, बीमाको शून्य दशमलव २ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव शून्य ७ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव शून्य १ प्रतिशतले बढेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्