×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्रम्पलाई दिए नेटो प्रमुखले कडा चेतावनी

LAXMI SUNRISE BANK

ट्रम्पलाई दिए नेटो प्रमुखले कडा चेतावनी

२९ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) का महासचिव जेन्स स्टलटेनबर्गले नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘एक्लै जानु’ युरोप र अमेरिका दुवैको विकल्प नभएको चेतावनी दिएका छन् ।
उनले पश्चिमा शक्तिका लागि यो पुस्तामा सुरक्षा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको बताए । ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा अमेरिकाले अमेरिका–युरोपसहितको पश्चिमी सैनिक गठबन्धन (नेटो) का लागि खर्च गर्न नहुने र यो पुरानो भइसकेको बताएका थिए ।
ट्रम्पले भनेका थिए, ‘कुनै नेटो सदस्य राष्ट्रमाथि हमला भएमा र उसले आफ्नो भागको रकम नतिरेमा उसको सुरक्षामा सहयोग गर्न जानुअघि अमेरिकाले सोच्ने छ ।’ उनले नेटो सदस्य राष्ट्रले आफ्नो सुरक्षाको खर्च आफैंले बेहोर्नुपर्ने बताउँदै आएका छन् । बेलायतको अब्जर्भर पत्रिकामा लेख्दै नेटो महासचिव जेन्सल अमेरिकाको यो तर्कमा दम भए पनि केही देशलाई धेरै वित्तीय सहयोग आवश्यक रहेको जनाएका छन् ।
अमेरिकाले नेटोको खर्चको ७० प्रतिशत आफैंले बेहोर्दै आएको छ । उनले अमेरिकालाई सुरक्षित र स्थिर युरोपमा मात्रै अमेरिकाको हित रहेको स्वीकार गर्न पनि आग्रह गरेका छन् । नर्वेका पूर्वप्रधानमन्त्री समेत रहेका स्टोलटेनबर्गले अनिश्चितताको यो समयमा मजबुत अमेरिकी नेतृत्वको आवश्यकता रहेको र युरोपले पनि आफ्नो भागको जिम्मेवारी उठाउनुपर्ने उल्लेख गरेका छन् ।
उनले अमेरिकामाथि भएको सेप्टेम्बर ११ को आक्रमणमा नेटोले आत्मरक्षाको आफ्नो नियम लागू गरेको स्मरण गराएका छन् । यसकारण कुनैपनि सदस्य देशमाथि आक्रमण भएमा बाँकी सदस्य राष्ट्रले उसलाई सहयोग गर्नुपर्नेमा उनको जोड छ ।
उनले भनेका छन्, ‘यो प्रतिकात्मक मात्रै थिएन, अफगानिस्तानमा सैन्य अभियानको नेतृत्व नेटोले नै लिएको थियो ।’ त्यसबेला लाखौं युरोपेली सेनाले अफगानिस्तानमा काम गरेको र एक हजारभन्दा बढीले ज्यान गुमाएको उनको भनाइ छ ।
  • राजधानी दैनिकबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी