Skip to content
LAXMI SUNRISE BANK

इलामको जालपा माध्यमिक विद्यालयमा प्रअको यस्तो दादागिरी, विद्यालयको पैसामा गिद्दे नजर !

अर्थ सरोकार

  • इलाम एक्सप्रेस 

इलाम – पश्चिमी इलामको लुम्दे गाबिसस्थित जालपा माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको छ । विद्यालयमा रहेको अक्षयकोषको हिसावकिताब सार्वजनिक गर्नका लागि त्यहाँका प्रधानाध्यापकले आलटाल गरेर अभिभावकलाई कुनै जानकारी नदिएको स्थानीय अभिभावकहरुले बताएका छन् । 

नेपाल बैंकको मुद्धती खातामा प्रअले भनेजति रकम नदेखिएपछि बिद्यालयमा ब्यापक अनियमितता भएको अभिभावकहरु बताउँछन् । विद्यालयमा आर्थिक अनियमितता गरेर प्रअले बिद्यालयलाई कमाउने भाँडो बनाउन खाजेको आरोप लगाएका छन् । 
यस्तै विद्यालय व्यवस्थापन समिति गठनमा समेत प्रअले दलगत स्वार्थका कारण आफनै दलभित्रका व्यक्तिहरुलाई समितिमा राखेर आफनो अनुकुल अनुसार विद्यालय व्यवस्थापन समितिले काम गरेको अभिभावकहरुले आरोप लगाएका छन् । जसअनुरुप बिद्यालयमा भएको आर्थिक अनियमितताको बारेमा चाँडो छानबिन गर्नुपर्ने तथा बैद्यानिक ढंगबाट विद्यालय व्यवस्थापन पुन: गराउनुपर्ने माग राख्दै स्थानीय अभिभावकका प्रतिनिधिहरुले मंगलबार जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
यस्तै विद्यालयका प्रधानाध्यापक समयअवधिभरसम्म विद्यालयमा नबस्ने परिपाटिलेपनि सरकारको नियमको धज्जी उढाएको भन्दै यस बिषयमा जिल्ला शिक्षा कार्यालयले चाँडो भन्दा चाँडो त्यस्ता शिक्षकलाई कार्वाही गरी बिद्यालयको यथार्थ हिसावकिताव पारदर्शि गराउनका लागि पहल गर्नुपर्ने भन्दै स्थानीय अभिभावकहरु लोकेश अधिकारी, निर्मल चौहान तथा डेलिकेसन समितिका सन्त गजमेर र मातृका चौहानद्धारा हस्ताक्षरीत संयुक्त ज्ञापनपत्रमा उल्लेख छ ।
विद्यालयलाई आफनो पार्टिका कार्यकर्ता पाल्ने भर्तीकेन्द्र बनाउन खोजेको तथा गाविसको हरेक वडामा वडा नागरीक मञ्च गठन गर्ने त्यस्ता प्रधानाध्यापकलाई तत्काल कार्वाहि गर्न उक्त ज्ञापनपत्र मार्फत माग गरीएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK