
बनेपा -अलैँचीको मूल्यमा ४० प्रतिशत तथा उत्पादनमा २० प्रतिशतले कमी आएपछि काभ्रेपलाञ्चोकका किसान निराश भएका छन् । खडेरीका कारण उत्पादन घटेको र मूल्यमा समेत कमी आएपछि अलैँची किसान मारमा परेका हुन् । २ हजार ८ सयमा बिक्री हुने अलैँची अहिले १ हजार २ सयमा बिक्री भएको र्याले गाविसका किसान उपेन्द्र तिमल्सिना बताउँछन् ।
अहिले अलैँचीमा लाही, कीराको सङ्क्रमण देखिएको छ। फल लागेर पनि लामो समयसम्म नपाकेको किसानले बताएका छन्। दुई रोपनी जग्गामा अलैँचीको बिरुवा र बीउ उत्पादन गर्दै आएका तिमल्सिना बिरुवा बिक्री तथा वितरण गरेर वार्षिक १ लाख २० हजार आम्दानी गरेको बताउँछन् ।
“बजारको पहुँच छैन, मूल्यमा उतार चढाव आउने गरेको छ,” उनले भने। जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले अलैँचीको प्रर्वद्धनका लागि किसानलाई बीउ र बिरुवा वितरण तथा तालिम प्रदान गरेको बताए । जिल्लामा करिब ८० टन अलैँची उत्पादन हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्