Skip to content
LAXMI SUNRISE BANK

विराटनगर जुटमिल अब सञ्चालन हुन्छ, मोदीजीसँग कुरा गरेको छु : प्रधानमन्त्री प्रचण्ड

अर्थ सरोकार

विराटनगर – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशकै सबैभन्दा जेठो उद्योग विराटनगर जुट मिललाई पुनस् सञ्चालन गरिने बताएका छन्।

शुक्रबार मोरङको विराटनगर जुट मिलको स्थलगत निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले नेपालकै औद्योगिक इतिहासमा अग्रणी भूमिका खेलेको यो उद्योग बन्द हुनु लज्जास्पद भएको बताए। ‘निश्चित उद्देश्यद्धारा प्रेरित भएर अवलोकन भ्रमणमा आएको छु। विगतमा निजीकरणका नाममा थुप्रै उद्योग धाराशायी गरिए,ु उनले भने, ुमैले सरकारको नेतृत्व सम्हालेपछि जीर्ण उद्योग सञ्चालनका लागि अथक प्रयास गर्दै आएको छु। आवश्यक गृहकार्य गरेर विराटनगर जुट मिल छिटै सञ्चालन गरिनेछ।’

निरीक्षणका क्रममा प्रधानमन्त्रीले काठमाडौंमा औषधि लिमिटेडबाट औषधि उत्पादन र हेटौंडा कपडा कारखाना सञ्चालनको तयारी भइरहेको पनि जानकारी दिए।

विराटनगर जुट मिल सञ्चालनबारे गोवा भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘गोवाको ब्रिक्स सम्मेलनका बेला मैले यस मिलको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको छु। एन्टी डम्पिङ ट्याक्स नलगाउन कुरा गरिएको छ। चुनौतिपूर्ण भए पनि यो मिल सञ्चालन गरेरै छोड्नेछु।

अनुगमन क्रममा विराटनगर जुट मिल सञ्चालक समितिका अध्यक्ष निलहरि काफ्लेले मिलको वर्तमान अवस्था, सरकारले गर्नुपर्ने सहयोग र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराए।बिजमाण्डुबाट साभार  गरिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK