×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी मसला उद्योगको आगो अझै नियन्त्रण बाहिर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सेञ्चुरी मसला उद्योगको आगो अझै नियन्त्रण बाहिर

Artha Sarokar

२६ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ -विराटनगर  मोरङको टंकिसिनवारीस्थित दुगड स्पाइस एण्ड फुड स्न्याक्स प्रालि सेन्चुरी मसला उद्योगमा बिहीबार बेलुकादेखि लागेको आगो १४ घन्टासम्म पूर्ण  नियन्त्रणमा आएको छैन। उद्योगमा साँझ ६ बजेतिर विद्युत सर्ट भइ सल्केको आगलागीबाट लाखौंको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।
 आगलागीबाट उद्योगको एउटा भवन पूर्ण रुपमा जलेको छ भने कुनै पनि सामान काम लाग्ने अवस्थामा पुगेको छ। शुक्रबार बिहानसम्म पनि आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन,’ प्रहरीले भनेको छ, ‘काबु बाहिर नभए पनि भवनको भित्रपट्टी अझै थोरै थोरै आगो बलिरहेको छ ।
आगलागी नियन्त्रणका लागि विराटनगर विमानस्थलमा रहेको अत्याधुनिक वारुणयन्त्र र इटहरी, इनरुवा र विराटनगर उपमहानगरपालिकाको आधा दर्जन बढी दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासीले आगलागी नियन्त्रणको प्रयास अहिले पनि गरिरहेका छन् । 
 क्षतिको विवरण यकिन नभए पनि उद्योगमा रहेका सम्पूर्ण तयारी तथा कच्चा पदार्थ फर्निचरका सामान लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएका कारण करोड बढी क्षति भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी