×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डाडापारीको दश गाविस खाद्य सुरक्षाले जोखिमयुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डाडापारीको दश गाविस खाद्य सुरक्षाले जोखिमयुक्त

२५ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काभ्रेपलाञ्चोकको महाभारत डाँडापारिका १० गाविस खाद्य सुरक्षाको दृष्टिकोणले जोखिम  युक्त देखिएको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालले बालीको अवस्था, घरधुरी सङ्ख्यालगायत विभिन्न सूचकका आधारमा बुढाखानी, बनखुचौर, फोक्सिङ्टार, गोकुले, डाँडागाउँ, फलामेटार, साल्मेचाकल, सालधारा, घर्तीछाप र मिल्चेमा त्यस्तो समस्या देखिएको हो ।
“मकै र धान बाली भित्रिकाले समस्या छैन, तर वर्षभरिमा खाद्य सुरक्षाको जोखिम देखिन्छ,” जिल्ला कृषि विकास कार्यालयका सहायक सूचना अधिकारी विष्णु अधिकारीले भने । नेपाल खाद्य सुरक्षा अनुगमन प्रणालीका जिल्ला संयोजक भरत थापाले विगत वर्षमा जिल्लाको कोसीपारि गाविसमा देखिएको खाद्य सुरक्षाको जोखिम हटेको र १० गाविसमा ४० प्रतिशत खाद्यान्न अपुग भएको बताए ।
मकै बाली भित्र्याएको र धान बाली भित्र्याउन लागेकाले खाद्य सञ्चित रहेको औंल्याउँदै उनले भौगोलिक विकटता र सडक सञ्चालन नभएका कारण ढुवानीमा समस्या रहेको बताए । ती गाविसका बासिन्दाले चामल, दाल, आलु, मकैको उपभोग गरिरहेका छन् ।
करिब तीन महिनाका लागि खाद्यान्न सञ्चित रहेको तथा जोखिमयुक्त गाविसमा खानाको परिमाण घटाएर खाने र कम रुचिकर खाना खाने समेत पाइएको सञ्जालले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी