×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हङकङबजारमा आगलागी हुदा लगभग पाँच करोडको क्षति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हङकङबजारमा आगलागी हुदा लगभग पाँच करोडको क्षति

२५ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

पोखरा – कास्कीको पोखरास्थित  पृथ्वीचोकमा अबस्थित  हङकङबजारमा गएराति आगलागी हुँदा लगभग पाँच करोडभन्दा बढीको क्षति भएको छ भने आगो के कारणले लागेको हो भन्ने अझै खुल्न सकेको छैन  ।
 करिब राति १० बजेको समय तिर अचानक लागेको  आगलागीबाट बजारभित्र रहेका ३० वटा पसलमा रहेका भाँडा, कस्मेटिक सामान, इलेक्ट्रोनिकलगायत विभिन्न सामग्री जलेर नष्ट हुँदा सो क्षति भएको बताइएको  हो भने आगलागी रातिको समयमा भएकोले मानविय क्षति भने हुन पाएन एक स्थानीयले भने   ।
 आगलागीबाट २३ वटा पसल पूर्णरुपमा क्षति भएको र सातवटा पसलमा आंसिक क्षति पुगेको छ भने आगो नियन्त्रणका क्रममा कतिपय अन्य पसलका सामानमा समेत क्षति पुगेको बताइएको छ ।
 बजारको सुरक्षार्थ खटिएका गार्डले खबर गरेपछि बारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीको सक्रियतामा पाँच घन्टापछि आगो नियन्त्रणमा आएको बजार सञ्चालक मिलनप्रसाद तिवारीले बताए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी