×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रजश्वला भएको पूर्णिमाको त्यो रात…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रजश्वला भएको पूर्णिमाको त्यो रात…!

२२ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १० मिनेटभन्दा कम

‘हल्का पैसा भए दिनुस् न !’ मलाइ भेट्ने बितिक्कै उनले केहि नभनी पैसा मागी 

‘हल्का पैसा रे ! कति पाउको पैसा चाहियो ? पैसा कहाँ गरुङ्गो हुन्छ र ? सबै हल्का त होनी !’ मैले उसको मलीन अनुहारमा हाँसो ल्याउँन खोजें !

‘आज जिस्किने मुड छैन । पेट अचाक्ली दुखेको छ । विहान ‘पिरेड’ भयो 
‘हुन्छ बेलुका माग्नु है ! म एटिएमबाट झिकेर दिन्छु !’ रजश्वलाले सिथील बनाएको उनको शरीर र त्यो सिथिल अनुहारले मलीन बनाएको उनको मुहार हेर्दै, मैले भनें !’

‘पानी खाउ ! अलि बढी !’ मैले नजिकै रहेको इलेक्ट्रिक जगलाइ देखाउँदै भनें ।
‘तताईदिनुस् न !’ उ बोली ।
‘हुन्छ ! ल रेष्ट गर है !’ मैले फेरी सम्झाएँ ।
‘एउटा कुरा भन्छु, मान्नुहुन्छ ?’ उसले आँखा पल्टाउँदै मलाइ सोधी ।
‘भनन… !’
मेरो टेबल नजिकै आएर उसले फेरी भनी, ‘मर्नु जसरी दुखेको छ पेट !’
मैले उसलाई सम्झाउँदै भनें, ‘तिम्रो रजश्वलाको समयमा सधैं यसरीनै दुख्छ पेट ! हिंड अस्पताल जाउँ !’ मैले सम्झाएँ ।
‘खै कसले हो के लगाईदिएको छ रे ! कार्तिक पहिलो साता घरमा पूजा छ । त्यो पूजा गरेपछि निको हुन्छ रे !’ झोलामा रहेको केहि गेडा चामल देखाउँदै उसले फेरि भनी, ‘हरेक दिन यी चामलका गेडाहरु नछुटाई खाने गरेको छु । यसले कसैले खै कुन्नी के लगाइदिएको हो त्यो निको पार्छ रे !’
‘यसरी हुँदैन यार ! तिमीजस्तो पढेलेखेको मान्छेले यस्तो कुरा गर्नु हुँदैन ! हिंड अस्पताल जाउँ !’
‘पढाइले दुखाइ कमी वा बढी हुने होइन, सबैभन्दा ठूलो कुरा विश्वास हो, र अहिले मेरो मामु, र भाइलाई यसैमा विश्वास छ । मेरो त के कुरा भो र ! भाइ र मामुका लागि म बाँचेको छु ! ‘ कार्यालयको ढोका बन्द गरेर उनी पानी तताउन लागी । आज अरुको विदा, तपाईं र म मात्र हो है !’ उसले मलाइ पुल्लुक्क पल्टेर हेरी।
‘हो !’ मैले सामान्य उत्तर दिएँ ।’
पानी उम्लंदै थियो, नजिक आएर आँखाभरी आँशु पार्दै उनी फेरी बोली, ‘आज प्रतिकको एकदम बढी याद आएको छ ।’
‘लौ किन नि !?’ मैले सोधें !
‘जव जव मेरो रजश्वला हुन्छ, म उसैकोमा जान्थें ! रातभर मेरो पेटमा हात राखिदिन्थ्यो ! मलाई सुप खुवाउँथ्यो ! अनि…’
उ भक्कानीइ !’
‘नरोउ न यार ! रोएर यादहरु गुम्ने होइनन्, अझै बल्झनछन् !’
‘सुप आज हामी पनि खाउँला नि हुन्न र !’ मैले सम्झाएँ !
‘त्यसो भए पेटमा तपाईंको हातपनि राखीदिनुस् !’ एक्कासी मेरो काखमा बस्दै, मेरा हातहरु उनको पेटमा राखीदिइ !’
‘अबुई कति तातो !’ म झस्किएँ !
‘भित्र आगोको मुस्लो उडिरहेछ सायद ! त्यस्तो दुखेको छ !’ उसले फेरी रुँदै भनिन् !’
‘चिन्ता नगर, सब ठिक हुन्छ !’
झोलाबाट पेनकिलर झिक्दै उनी बोलिन्, ‘असह्य  भयो ! म औषधि खान्छु !’ औषधि झिक्दै गर्दा मैले सोधें, ‘डाक्टरलाइ त सोधेको हो नि ?’ 
‘सोधेको छु !’
‘खासमा कसैले मोहनी लगाईदिएर वा कसैले केहि गरिदिएर यस्तो भएको होर ‘ मैले सोधें 
‘ज्योतिषले त्यहि भन्यो !’ उनले जवाफ फर्काइ । 
‘ज्योतिषको विश्वाश लाग्छ?’ मैले सोधें ।
‘लाग्दैन… फिटिक्कै !’
‘लौ किन नि !?’
‘मलाई रजश्वलाको समयमा खुब दुख्छ ! ज्योतिषले कसैले मोहनी लगाईदिएको छ र कार्तिकमा पूजा गर्नुपर्छ भनेको छ । मेरो भाइ र आमा त्यसैमा विश्वास गर्छन् । मैले कुनै दिन यी चामलका गेडाहरु खान बिर्सें भने भाइ र मामुको अनुहार अगाडी आउँछ, अनि फेरि खान्छु !’
‘खानचाहिं मन छैन ? मैले सोधें ।
‘छैन ! किनकि मेरो रजश्वला भएको समयमा दुख्नुको अर्को कारण छ ।’
‘के ?’ मैले सोधें ।
मेरा हातहरु उनको पेटमै थिए । म कुर्सीमा अनि उ अफ्टेरोसँग मेरो काखमा बसेकी ।’
‘फेरी पढेको मान्छेले यस्तो किन गरेको भनेर गाली गर्नुहुन्न भनेमात्र भन्छु ! आज तपाईंको गाली सुन्न सक्ने सामर्थ्य ममा छैन ।’ उसले भनी ।
‘हुन्छ भनन ! अलि सजिलोसँग बस ! उनी र म दुवै भुँइंमा बस्यौं । पानी तातीसकेको थियो । मैले एक ग्लास पानी दिंदै भने, ‘ल यो पिउ !’ अनि के भएको थियो भन । तर मन हलुको हुन्छ भनेमात्र  ।’
‘मलाइ काकाले जोसँगको सम्बन्ध थाहा पाएर घरबाट निकालिदियो… उसँग… !’ मेरो काखमा पल्टिएर उ बोल्न थाली… । 
‘उसँग के !’ मैले सोधें । 
‘कुनै समय थियो, जुनबेला यो समाजलाई झुक्काएर म हरेक दिन मेरो जोवन दिन्थें उसलाई !’
 उसको कुरा सुनेर मैले थपीहालें…’यो कुरा त पहिला नै भनेका थियौं नि ! होइन र ?’ 
फेरि मलाइ पुलुक्क हेर्दै उनी बोली, ”प्लीज मलाई सबै कुरा भन्न त दिनुस् ! करिव ४ महिना कुनै दिन बिरेछ भने मात्रै  मैले हरेक दिन उसँग शरीर साटेको छु ।’ हामी बुडाबुडी हौँ ! त्यसैले मलाइ त हरेक दिन  त्यस्तै गर्न मन लाग्छ भन्थ्यो उ । उसको अनुरोधमा मैले करिव ४ महिना लगातार… !’
‘यी सब कुरा अस्तिनै सुनेको हो नि मैले ।, प्लीज नरोउ !’ मैले सम्झाएँ !
समस्या त्यसमा थिएन । सुरुका केहि दिनहरु उसले सुरक्षितनै सम्बन्ध गाँसेको थियो तर जेको प्रयोग उसले गर्थ्यो त्यो मलाइ मननै परेन । जिब्रोमा प्लास्टिक राखेर मासुको स्वाद लिएजस्तो… ! त्यसपछी उसकै सल्लाहमा मैले गर्व निरोधक चक्की खाएँ । थाहा थिएन त्यो ७२ घन्टे चक्की निरन्तर खानु हुँदैन । तर ४ महिनासम्म मैले निरन्तर त्यसको सेवन गरें । 
अझ त्यो चक्कीले ७२ घण्टासम्म काम गर्छ र एक दिन खाएपछि ३ दिनसम्म नखाएपनि हुन्छ भन्नेपनि थाहा थिएन । मैले त सधैं खाइरहें ! ४ महिनापछी असैह्य भयो । अस्पताल गएँ । डाक्टरले खुब झपारे ! तपाईंले भनेजस्तै, ‘पढेको मान्छेले यति किन नबुझेको भनेर !’ त्यो औषधिको प्रयोगले मेरो दुब्लो ज्यानलाइ भित्रभित्र मारिसकेको रहेछ । त्यसपछिका रजश्वलाका समय अझ दुखान्त बनेका छन् । थाहा छैन कहिलेसम्म त्यो बिष मेरो शरीरमा पर्ने हो । 
‘अस्पताल गएर बुद्धिमानी गरेछौं ।’ मैले सम्झाएँ ।
‘त्यसपछि रजश्वला भएको हरेक चार दिनमा संगीनी सुइ लगाउन जाने गरेको छु । सायद त्यसले पनि मेरो शरीरमा राम्रो गरेकोजस्तो लाग्दैन ! मसँग विकल्प पनि त छैन !’ 
‘छोडीदेउ यी सब कुराहरु एक दिन पक्कै ठिक हुन्छ !’
‘त्यसको भन्दापनि कार्तिकको चिन्ता लागेको छ । मामु र भाइको विश्वास कार्तिकपछी सब ठिक हुन्छ भन्ने छ । तर मलाइ मेरो यो समस्या ठिक हुन अझै केहि समय लाग्छ भन्ने छ ।’ कार्तिकपछी मैले जवरजस्त मेरो दुखाइ कम देखाउनुपर्छ । त्यसको पीडा अझै हुनेछ मलाइ ।’
उनी बोल्दै गइ, ‘यो संसार झुटमै अडिएको छ र सब झुटनै झुट ! मैले मामुलाई धोका दिएझैं लाग्छ, भाइलाई धोका दिएझैं लाग्छ ! मलाइ ठूलो पाप लागेको छ, तरपनि मसँग विकल्प छैन !’
‘केहि हुन्न ! मैले सम्झाउने प्रयास गरें !’
‘भोलि म तपाईंसँग एउटा कुरा माग्छु दिनुहोस् है ! मेरो मुख हेरेर भएपनि…!’
‘लौ आजै भनन’ म बोलें ।
‘होइन ! मलाइ भोलि चाहिएको चीज भोलिनै भन्छु ! आज थोरै पैसा चाहिएको छ, दिनुस् है !’ 
मैले ‘हस् भनें !’
‘भोलि जनै पूर्णिमा ! भाइलाई राखी बाँध्ने दिन ! यहिबेला मलाइ ‘पिरिएड’ भयो !’ उ फेरी निराश भइ ।
‘कहिलेकाहीं यस्तो हुन्छ, चिन्ता नगर !’ मैले सम्झाउने प्रयास गरें ।
‘भोलि भाइ घुम्न जाँदैछ, त्यसैले उसलाई केहि पैसा दिउँ भनेर हो । आज किन हो किन त्यो भाइको एकदम माया लागेर आएको छ । मेरै अनुरोधमा काकाकहाँ काम गर्न छोडेको छ । बिचरासँग पैसा छैन । मामुसँग थोरै मागेको छ । रमाइलो गर्दा कति खर्च हुन्छ भन्ने मलाई थाहा छ । उसको हातमा केहि पैसा राखीदिने मन छ ।’ उसको कुरा सुनेर कता कता आनन्द आयो । 
‘हुन्छ !’
मैले घर्राबाट झिकेर उसलाई पैसा दिएँ । त्यसपछि हामी सुप खान गयौं ।
भोलिपल्ट विहानै उसले फोन गरी ! ‘पशुपति जाउँ न ! केहि फोटोहरुपनि खिच्नुछ ।’
‘हुन्छ !’ 
‘आज फेसबुकमा मैले कति राम्रो फोटो हालेको छु मेरो भाइको !’ उ दङ्ग पर्दै बोली ।
‘आज पेट दुखेको छैन ?’ मैले सोधें ।
‘अलिअलि मात्रै ! शरीरसँग यादहरु बल्झंदा बढी दुख्ने हो, तपाईं नजिकै भएपछी किन हो किन एकदम कम दुख्छ !’
पशुपति घुमेर फर्किएपछि उसले फेसबुकमा आफ्नो भाइको फोटो देखाउंदै भनी, ‘हेर्नुस् त कति राम्रो मेरो भाई!’
‘आज भाइ देखाउने दिन रे !’ उसको क्याप्सन हेरेर म खुब हाँसे !
‘लौ के भयो !’ उसले सोधी ।
‘भाइ देखाउने दिन’ भन्दा त दोहोरो बुझ्लान मान्छेले ! कुनै साथीले केटाहरुमात्र रहेको एमआरआर भन्ने फेसबुक ग्रुपमा हालिदिए भने खुब बिल्ला हुन्छ है ! ‘बरु आज दाजुभाइ देखाउने दिन हो भनेर राख !’
‘बर्बाद भैगो नि ! उसले हाँस्दैहाँस्दै  क्याप्सनलाइ इडिट गरी ! म भने सम्झी-सम्झी हांसीरहें… केहिबेरसम्म निरन्तर….।’
‘आजपनि एक्लै हुने भइयो, सबैले आज पनि बिदा मागे ।’ मैले भनें ! विहानै कार्यालयका अरुले फोन गरेर बिदा मागेका थिए ।
‘बिदा त चाहि हाल्यो नि ! कहिले के पर्छ कहिले के !’ उ मुस्कुराईरही । 
त्यो मलीन अनुहारभन्दा त्यो हाँसो  साच्चै मीठो हुन्थ्यो, देखिन्थ्यो । 
‘ए साच्चै के माग्छु भनेको थियौ नि ?’ मैले सोधें !
कार्यालयको ढोका बन्द गरेर उ फेरी पानी तताउन थाली । ‘मान्नुहुन्छ भने मात्र भन्छु । खासमा भन्ने हो भने भन्न पनि खुब लाज लागेको छ ।’
‘लौ यति धेरै कुरा त मलाइ साथी सम्झेर भन्यौं भने आज किन लाज नि ! मैले भनें ।
‘किनकि आज साथीभन्दा बढी हुन मन लागेको छ ।’ उसले आँखा पल्टाएर मुस्कुराउंदै भनी ।
‘मैले कुरा बुझिन ।’ म बोलें ।
‘बुझ्नुभो तरपनि बुझ पचाउनुभो !’ मलाइ पनि एक ग्लास पानी दिंदै उ फेरी बोली, ‘ राजश्वलाको समयमा झन् यौनको तिर्खा हुन्छ शरीरमा । जवजव यस्तो बेला म प्रतिककहाँ बस्थें र उसँग शरीरको बन्धनमा बाधिन्थें, सब ठिक हुन्थ्यो । आज मसँग पीडा उही छ तर विकल्प छैन । तपाईंपनि त केटा मान्छे हो । प्लीज आज साथी होइन मेरो प्यारा बनिदिनु पर्यो । मेरो औषधि गरिदिनुपर्यो ।’
म झस्किएँ, रिस पनि उठ्यो, डर पनि लाग्यो । 
एक मनले त म भित्र पनि यौनको तिर्खा जाग्यो । पहिलो पटक कोहि स्त्रीले मलाई यौन सम्बन्धका लागि प्रस्ताव गरी । आजबाट नै मेरो कुमारीत्व भंग गरिदिउंजस्तो पनि लाग्यो तर अहँ फेरी डर लाग्यो । 
उनलाई यस्तो नगर भनेर सम्झाउने म, मनै गलत भएँ भने त के गर्नु ! संगीनी सुइ लगाएको छु भनेकी उनले पेट कसरी बोकी त ? एबोर्सन गराएर मैलेनै ल्याएको थिएँ । पहिला पहिला रजश्वला भएको ३ दिनसम्म उ सिकिस्त हुन्थी । आज किन यति फ्रेस ? सबै बहानाबाजी त होइन ? भन्ने पनि लाग्यो । 
रजश्वला भएको समय घीन पनि लाग्यो । कार्यालय, डर पनि लाग्यो । 
‘अहँ हुन्न !’ मैले भनें ।
‘प्लीज… ! मलाइ सार्है चाहाना भएको छ । यो ड्रग्सको चाहनाभन्दा पनि खतरनाक छ । प्लीज…’ उसले आफ्ना कपडाहरु खोल्न थालेपछी म कोठाबाट बाहिर निस्कें । उनको रजश्वला भएको समय, घीन त थियोनै रोग सर्छ भन्ने डर, अनि चामलको गेडा खाइरहेको छु भन्छे,  कार्तिकमा पूजा छ भन्छे, कतै उसको सबै रोग मलाइ सर्यो भने… ! म डराएँ ।’
‘म घर गएँ… ‘उनको एसएमएस आयो। 
‘हुन्छ’ मैले रिप्लाई गरें ।
तर…!
___________________________________________________________________________
कफीको चुस्की लिंदै उनी बोलिन्, ‘त्यो दिन तपाईंले मलाइ त्यति चाहाना पूरा गरिदिएको भए म त्यो रात पनि लुटिने थिइन… ‘ आँखाभारी आँशु पारेर उनी बोली !’
‘फेरी के भयो ?’ मैले सोधें ।
‘जे भयो सबै तपाईंले गर्दा भयो । केहि रिसाएर उ फेरी बोली ।शरीरको तिर्खा मेट्छु भनेर त्यो दिन सबैलाई आज बिदा लिउं सबैजना के भन्दा रहेछन् सरले भनेर मैले नै उकासेको थिएँ सबैलाई ! ‘मलाइ जसरीपनि चाहाना पूरा गर्नु थियो । तपाईंले मान्नुभएन । भइरहेको एउटा बोइफ्रेन्डलाइ फोन गरें उसलाई सम्पर्क भएन ।’
‘त्यसपछि… मसँग विकल्प थिएन । जोसँगको लगातारको सम्बन्ध र उसले खुवाएको गर्व निरोधक चक्कीले मेरो यस्तो हालत बनाएको थियो, उसैलाई फोन गरें, भेटें र त्यो रात… उसैलाई दिएँ । उ साथीकहाँ छु भनेर घरमा श्रीमतीलाई ढाँटेर आएको थियो ।’
‘अनि…’
‘अनि के हुनु ? फेरी पूराना यादहरु बल्झिए…  १ घन्टाको मस्तीपछी बाँकि रातका सबै पल रोएर बिते । घुम्न गएको भाइ सम्झेर, तपाईंको साथ अनि बिग्रिएकी म सम्झेर, म फेरी सबै कुरा भोलि सुरजलाइ भन्ने छु अनि उ फेरी मलाइ ‘अवदेखि यस्तो नगर है भनेर सम्झाउनेछ…’ भन्ने सम्झेर रोएँ… बाबाको याद आयो ! यहि मान्छेसँगको सम्बन्धका कारण मलाइ घरबाट निकालिदिने काका सम्झेर रोएँ ! खुब रोएँ हिजो !’
लामो सुस्केरा हाल्दै म बोलें, ‘मेक दिस लाष्ट यार ! अव के भनौं ! नाइँ म सक्दिन तिमीसँग त्यस्तो गर्न ! किनकि तिमीलाई यस्तो गर्नुहुन्न भन्ने सम्झाउने मै त छु ! यस्तो तिमीलाई किन भैरहेको छ भन्ने बुझ्नुपर्छ । म डा. भोला रिजालको समय लिन्छु, तिमी हिंड ! प्लीज । लागेको खर्च सबै म ब्यहोर्छु । केहि चिन्ता गर्नुपर्दैन । तर यसरी आफुलाई नबिगार, बिगतका सबैसँग सम्बन्ध तोड । यो कुरा उसको श्रीमतीले थाहा पाइ भने तिमीलाई सार्है नराम्रो हुन्छ ! कुरा भाइ र आमासम्म पनि पुग्छ । प्लीज…’
मेरा हातहरुमाथि उसका हातहरु राखेर उनी बोली, ‘प्रमिस, द्याट विल बी मा लाष्ट ! सरी !’
‘ओके ठिक छ !’ मैले सम्झाएँ ।
‘कति क्षमाशील, कति राम्रो हुनुहुन्छ है तपाईं!’ उसले मलाइ निरन्तर हेरिरहि !’
साच्चै भाइ कहिले आउँछ ? भाइलाई पैसा दियौ त ?’
‘आँट आएन ! किन हो किन भाइ जाँदैछ, र आज राती म अरु कोहिसँग हुनेछु भन्ने खुसीले यस्तो मन आयो भन्ने फील भयो । मैसँग राखें ! पछी हिसाव मिलाउंला नि है !’ उ बोली ।
मैले ‘हुन्छ’ भनें !
‘तपाईं कति क्षमाशिल हुनुहुन्छ है !?’ उसले फेरी सोधी ।
म हाँसे मात्र, केहि बोलीन ।
आज अन्तिम पटक तपाईंलाइ मेरो गल्तीका कहानीहरु सुनाउंछु नि है !’ 
‘लौ के गल्ती गर्यौ र… ?’  मैले सोधें ।
‘प्लीज मलाई यो बिषयमा पनि क्षमा गर्नु होला । हिजो राती मैले एउटा पाप गरेको छु । खुब डर पनि लागेको छ…!’ उसको कुरा सुनेर म झसङ्ग भएँ एक पटक फेरी । के भयो भन त…
आँखाभरी आँसु झार्दै उनी बोली… हिजो राती…..!

लेखकलाई फलो गर्नुहोस् :

बाँकी अर्को अंशमा….

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी