
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – देशभरि अंगीकृत नागरिकता लिइ नेपालमा १० वर्ष स्थायी बसोबाास गरेको व्यक्तिलाई संवैधानीक निकायको उच्च पदमा पुर्याउन लागिएको खवर बाहिर प्रकाशित भएसँगै चारैतिरबाट यसको घोर विरोध भइरहेको छ ।
सरकारले भारतलाई देश चलाउन दिन लागेको आरोप लगाउँदै कांग्रेसी नेत्री तथा पूर्व सांसद शान्ता चौधरीले कुनै पनि हालतमा यो नहुने स्पष्टि दिएका छन् । अंगीकृत नागरिकको अर्थ राज्यले अंगिकार गरेको नागरिक हो,’ पूर्व सांसद् चौधरीले भनिन्,‘के यो देशमा जन्मेको ब्यक्तिले देशको नेतृत्व गर्न सक्दैन भन्न खोजेको हो ए त्यसो भए विदेशी इसारामा देशलाई डुबाउन खोज्नेहरु बिरुद्ध खवरदारी गरौं ।
यो सरसर्ती भारतलाई रिजाउन खोजिएको छ । यस्तो गतिविधिले देशको हालत अबको दिनहरुमा कस्तो हुन्छ
‘यो सबै भारतलाई रिजाउनका लागि मात्र हो,ठूला–ठूला भारतीय व्यापारिका छोरीहरु नेपालको अंगीकृत बन्छन, उनीहरुसँग पैसा हुन्छ, उनीहरु नै चुनाव लड्छन् र जित्छन् । अनि भविष्यमा भारतीय व्यापारी अम्बानीका सन्तानहरु नेपालको राष्ट्रपति, प्रधानमन्त्री बन्ने र नेपाली नागरिक हेरेको हेरेकै हुने दिन ल्याउँन आँटिएको हो
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्