×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के तपाई तत्काल नयाँदिल्ली जाँदै हुनुहुन्छ, होसियार, बाहिर आयो यस्तो खतरनाक रिपोर्ट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

के तपाई तत्काल नयाँदिल्ली जाँदै हुनुहुन्छ, होसियार, बाहिर आयो यस्तो खतरनाक रिपोर्ट !

२१ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • एजेन्सी

के तपाई यसबेला भारतको राजधानी नयाँ दिल्लीमा हुनुहुन्छ, कि दिल्ली पो जाँदै हुनुहुन्छ । यदि दिल्लीमा हुनुहुन्छ वा दिल्ली जाँदै हुनुहुन्छ भने यो समय तपाई निकै सतर्क भए राम्रो होला । किनभने यसबेला राजधानी नयाँदिल्ली पछिल्ला १७ वर्षयताकै सबैभन्दा घातक स्थितिबाट गुज्रिरहेको प्रतिवेदन वातावरणविदहरुले बाहिर ल्याएका छन् ।

नयाँ दिल्ली सहर र त्यसको वरिपरि यसबेला मानव इतिहासकै सबैभन्दा घातक वायु जम्मा भएको बताइएको छ ।  भारतीय सञ्चारमाध्यामहरुका अनुसार यो वायूका कारण मानव शरीरमा खतरनाक रोगका संकेतहरु देखिन थालेका छन् । चिकित्सकहरुले सर्वसाधारणहरुलाई योबेला निकै सतर्कता अप्नाएर हिड्न सल्लाह दिइरहेको बताइएको छ ।
यो घातक र पिरो (धुँवा) वायूका कारण एलर्जीका अतिरिक्त मानव शरीरका भित्री अंगहरु क्षतविक्षत हुँदै जाने बताइएको छ । जसले क्यान्सर लगायतका ठूला–ठूला रोगहरु समेत देखिन सक्ने जनाइएको छ । दिल्लीस्थित सर गंगाराम अस्पतालस्थित औषधी विभागका सिनियर कन्सल्ट्यान्ट डा.एसपी बेओत्राका अनुसार सो अस्पतालमा पहिलेको दाँजोमा अहिले प्रदूषणसँग सम्बन्धित बिमारीहरुको संख्या ह्वात्तै बढेको छ ।
उनले भनेका छन्, ‘पहिलो हाम्रो अस्पतालमा प्रदूषणसँग सम्बन्धित विरामीको चाप १५ देखि २० प्रतिशत हुन्थ्यो भने अहिले उक्त संख्या बढेर ६० प्रतिशत पुगेको छ ।’ डा.बेओत्राका अनुसार अत्याधिक बिरामीहरु श्वासप्रश्वाससँग सम्बन्धित समस्या लिएर आउने गरेका छन् । श्वासप्रश्वासका अतिरिक्त बाहिरी शरीरका छाला र शरीरका भित्री अंगहरुमा समेत खतरनाक संक्रमणहरु देखिन थालेका बिरामीहरुको चाप बढेको छ ।
उनका अनुसार बच्चादेखि बृद्धबृद्धाहरुका लागि समेत यो घातक वायूले शरीरमा ठूला–ठूला रोगहरु निम्तिन सक्छन् । यो रिपोर्टले के देखाउँछ भने नयाँ दिल्ली यसबेला एउटा प्राणघातक पिरो धुवाँले (वायू) ले भरिएको ग्याँस च्याम्बरमा परिणत भएको छ ।
त्यसो त नयाँदिल्ली संसारकै प्रदूषित सहरहरुमध्ये एक सहर हो, जहाँ वायू प्रदूषणदेखि अन्य वातावरण पनि राम्रो नभएका रिपोर्टहरु बेला बेलामा बहिर आइरहेका छन् । यसले मानवजातिका लागि निकै ठूलो समस्या निम्त्याउन सक्ने भन्दै एनडी टिभी इण्डियाले समाचार प्रकाशित गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी