×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रू. १ अर्ब ३ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैङ्क

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रू. १ अर्ब ३ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैङ्क

२१ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले ‘क’ वर्गको अनुमतिपत्र प्राप्त वित्तीय संस्था (वाणिज्य बैङ्क)मा रू. १ अर्ब ३ करोड ९६ लाख ७६ हजार मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । बैङ्कसँग विभिन्न कोषमा रहेको लगानीयोग्य रकमलाई बजारमा परिचालन गर्न १ वर्षे अवधिको मुद्दती निक्षेप लिन चाहने ‘क’ वर्गका वित्तीय संस्थाहरूबाट बोलकबोल आह्वान गरेको हो ।  
मुद्दती निक्षेप लिन चाहने वित्तीय संस्थाले तोकिएको दरभाउपत्र वा फाराम भरी शिलबन्दी गरेर कात्तिक २४ गते दिउँसो ३ बजेभित्र बुझाउन राष्ट्र बैङ्कको वित्त व्यवस्थापन विभागमा पेश गर्न आह्वान गरेको छ । उक्त दरभाउ पत्रमा । कम लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत तोकेको ढाँचामा उल्लेख गर्नुपर्ने विभागले बताएको छ ।  विभागका अनुसार २०७३ मङ्सिर १ गतेदेखि २०७४ कात्तिक ३० सम्म १ वर्षको लागि मात्र मुद्दती निक्षेप लिन चाहेको समेत फाराममा खुलाउनु पर्नेछ ।
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले मुद्दती निक्षेप लिन चाहने वित्तीय संस्थाले ११ ओटा शर्तहरू पूरा गर्नुपर्ने बताए । उनका अनुसार मुद्दती निक्षेप लिन कम्तीमा १ वर्षसम्म सञ्चालन भइसकेका र सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेका वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यस्तै राष्ट्र बैङ्कले तोकेको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत भएको र समस्याग्रस्त घोषणा नभएको वाणिज्य बैङ्क मात्र मुद्दति लिन योग्य हुनेछन् ।

यसैगरी निक्षेप लिन चाहने वाणिज्य बैङ्कको कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजीको अनुपात समय समयमा राष्ट्र बैङ्कले निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्छ भने पछिल्लो १ वर्ष सञ्चालन मुनाफा आर्जन गरेको हुनुपर्नेछ । वित्त व्यवस्थापन विभागका अनुसार रियल इस्टेट कर्जा तोकिएको सीमाभन्दा बढी नभएको र शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा ६ महीना पूरा भएको क वर्गका वित्तीय संस्था मात्र निक्षेप लिन योग्य हुने व्यवस्था  छ । यसका साथै जरीवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको अवस्थामा मात्र राष्ट्र बैङ्कले लगानी गर्ने बताएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी