अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला अस्वस्थ भएकी छिन्। करिब दुई सातादेखि अस्वस्थ भएकी उनलाई क्यान्सर भएको आशंका गरिएको छ। पूर्व उपप्रधानमन्त्री समेत रहेकी उनी एक महिना लामो मलेसिया भ्रमणबाट २६ अक्टोबरमा नेपाल फर्किएपछि घरमै आराम गरिरहेकी छन्।
कोइरालाले कसैसँग कुराकानी पनि नगरेको सहयोगी लक्ष्मण थपलियाले जानकारी दिए। एसियाली महिलाहरुको सञ्जाल आइक्याप को सम्मेलनमा भाग लिनुका साथै अन्य कार्यक्रमहरुमा सहभागी हुन मलेसिया पुगेकी कोइराला त्यहीँ अस्वस्थ भएकी थिइन्।
उनलाई क्यान्सर भएको आशंकामा नमुना परीक्षणका लागि सिंगापुर पठाइएको छ।‘विस्तृत स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन, तर प्रारम्भिक रिपोर्ट अनुसार उहाँलाई क्यान्सर भएको आशंका गरिएको छ’ कोइरालाका एक सहयोगीले भने।
कसरी गरियो क्यान्सरको आशंका
मलेसिया भ्रमणका क्रममा एक दिन कोइराला आफ्ना छोरी ज्वाईसँग सपिङमा निस्केकी थिइन्। सपिङका क्रममा उनले आफ्ना सहयोगीसँग रिंगटा लागेको सुनाएकी थिइन्। त्यहाँस्थित एक मेडिकलमा स्वास्थ्य परीक्षणका क्रममा उक्त मेडिकलले कोइरालालाई क्यान्सर भएको प्रारम्भिक रिपोर्ट दिएको हो। उनलाई क्यान्सर भएको आशंका गरिएपनि के को क्यान्सरको लक्षण भन्ने खुलेको छैन। नमुना परीक्षणपछि आइतबार बेलुकीसम्ममा रिपोर्ट आउने उनका एक सहयोगीले बताए।
सरकारसँग १ करोड उपचार खर्च माग
कोइरालाले नेपाल फर्किएपछि आफ्नो उपचारका लागि सरकारसँग सहयोग माग गरेकी छन्। उनले आफूलाई क्यान्सर भएको उल्लेख गर्दै सरकारसँग एक करोड माग गरेकी गृह मन्त्रालय श्रोतले जानकारी दिएको छ। कोइरालाका सहयोगीले पनि सरकारसँग सहयोग माग गरिएको पुष्टी गरेका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा पनि सुजाता कोइरालाको उपचार खर्चबारे छलफल भएको थियो। यद्यपी निर्णय भने भएको छैन। ‘क्यान्सरको उपचारका लागि भन्दै उहाँले एक करोड रुपैयाँ सहयोग माग्नुभएको रहेछ, त्यसबारेमा कुनै निर्णय भएको छैन’ एक मन्त्रीले भने। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त विषयमा निर्णय गर्ने जिम्मा गृह मन्त्रालयलाई नै दिएका ती मन्त्रीले बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्