×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपास उद्योगमा आगलागी २५ लाख बराबरको क्षति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कपास उद्योगमा आगलागी २५ लाख बराबरको क्षति

२० कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाण्डौ – कलैयास्थित एक कपास उद्योगमा शनिबार बिहान करिब २ बजे विद्युत् चुहावट भएर कपास उद्योगमा आगलागी भएको छ । आगलागीबाट करिब २५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
 कलैया–१ का इन्द्रजीत यादवको उक्त कपास उद्योगमा लागेको आगो कलैया, वीरगन्जका वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ । 
यसैगरी बाराको खोववा गाविसको नमाकार्टेल बस्ने बच्चु पण्डितको घरमा गएराति आगलागी हुँदा करिब एक लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट नगद ३५ हजार, खाद्यान्न, लत्ताकपडा नष्ट भएको बताइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी