×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको लुट राजदूत लीलामणिले यसरी गरे पर्दाफास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनसेलको लुट राजदूत लीलामणिले यसरी गरे पर्दाफास

२० कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनसेलको कर विवादबारे तत्कालीन मूख्य सचिव लीलामणि पौडेलले आफ्नो मुख खोलेका छन्। एनसेल कर प्रकरणमा मौन रहँदै आएका सकारबाट चीनका लागि राजदूतमा नियक्त भइसकेका पौड्यालले एनसेलले लाभकर पुरै तिर्नुपर्ने बताएका छन् ।

ट्वीटरमार्फत आफ्नो लिखित धारणा बाहिर ल्याउँदै पौड्यालले एनसेलसँग जोडिएको करको विषय ८० करोडको नभई ५३ देखि ५४ अर्बको भएको दाबी गरेका हुन् ।
‘म सँग गरिएका अपेक्षासहितका अभिव्यक्तप्रति मेरो ध्यानाकृष्ट भएको छ । हरेकलाई छुट्टै उत्त र सम्भव छैनु, उनले भनेका छन्, यस विषयमा मेरो भनाई निरन्तर एउटै छ । एनसेलले लाभकर पुरै तिर्नुपर्छ । कुरा आठ सय ८० करोड हैन, ५३, ५४ अर्बको हो ।’ उनले लेखेका छन् ।
एनसेलले कर नतिरेमा नागरिकस्तरबाट बहिष्कारसम्मा उत्नन बाध्य हुने पनि उनको तर्क छ । कर नतिरेको अवस्थमा नागरिकले गर्न सक्ने भनेको सेवा बहिस्कार हो, उनल भनेका छन्, यो विषयका म भन्दा धेरै जानकार पूर्व मूख्य सचिव विमल कोइराला, रामेश्वर खनाल लगायत हुनुहुन्छ ।
उनले आफूलाई एनसेलबाट पुरै लाभकर असुल्नुपर्ने बताउँदै यसबारेमा पूर्व अर्थ सचिवहरु, आन्तरिक राजश्व विभागका सबै पूर्व महानिर्देशकहरु, आयकर एैन मस्यौदा गर्दाको अष्ट्रेलियन सल्लाककार र नेपाली विज्ञहरुबाट पनि सरकारले सल्ला लिनुपर्ने बताए ।
पौड्यालले एनसेललाई थोरै कर असुलेर उन्मुक्ति दिन सक्नेतर्फ पनि सचेत गराएका छन् । तर थोरैमा उम्काउने वा कमजोर बनाएर अदालत प्रवेश गराउने साजिस बन्न सक्छु, उनले भनेका छन् , कर असुल्न खबरदारी जारी राखौँ । कुनै एक व्यक्तिले मात्र जिम्माको कुरा हो जस्तो अभिव्यक्ति जायज छैन ।

उनले एनसेल कर प्रकरणमा नेतृत्व नै लकपकाएको निचोड निकालेका छन् । कर कार्यालय भित्र पनि कर तिर्नुपर्छ भन्ने नै मत छ । नेतृत्व मात्र लकपकाएको होु, उनले भनेका छन्, कानुनले छुट छ भनी सपष्ट किटेको बाहेक एउटै व्यवसायमा एउटालाई कर लाग्ने अर्कोलाई नलाग्ने जग हसाई गर्ने कर अधिकारीहरु संसारमै सायद अन्यत्र कतै होलान ।

पौड्यालले एनसेलबाट पुरै कर असुल्नुपर्छ भन्ने पक्षमा उभ्याउँदै यसबारे बोल्न कसैले रोक्न नसक्ने पनि बताएका छन् ,कारोबारमा खबर छ । कर प्रकरणमा आफूलाई  म जहाँ भएपनि कर असुल्न पर्छ भन्न मलाई कसैले रोक्न सक्दैनु, उनले भने, मेरो आवाज रोकिँदैन पनि ।

हेर्नुहोस उनको ट्वीट 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी