
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारतीय दूतावासले आयोजना गरेको दिवा भोजमा अनुपस्थित भएका छन् । दूतावासले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा बुधबार लैनचौरस्थित दूतावासभित्रै दिवा भोज आयोजना गरेको थियो ।
‘दूतावासले आफ्नो हिसाबले दिने रिट्रिटमा गइरनुपर्छ भन्ने हुँदैन । सो दिवा भोजमा प्रमुख दलका नेताहरु, नेता, मन्त्री, नागरिक अगुवा, साहित्यकारलाई निम्ता थियो । मधेसीवादी दल तथा साना दलका नेताहरुलाई समेत दूतावासको भोजमा पुगेका थिए । भोजमा कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रिपरिषद पूर्व अध्यक्ष खिलराज रेग्मी, एमाले नेता सुवाषचन्द्र नेम्वाङ, मन्त्रीहरु सीतादेवी यादव, अर्जुनरसिंह केसी सहभागी थिए । भोजमा राष्ट्रकवि माधवप्रसाद घिमिरे समेत थिए ।
संसदमा दोस्रो सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएको थाहा पाएपछि लैनचौरका निम्तालुबीच नै यो विषयले चर्चा पाएको थियो ।
दूतावासले आफ्नो हिसाबले दिने रिट्रिटमा गइरनुपर्छ भन्ने हुँदैन । त्यही भएर उहाँ नजानु भएको होला । यो चर्चा गरिरहनु पर्ने विषय होइन’, उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्