×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपहरणमा परेका एक युवक खैरबनी खोलाको पुलमुनी सकुसल फेला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अपहरणमा परेका एक युवक खैरबनी खोलाको पुलमुनी सकुसल फेला

१३ कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – महोत्तरीको पर्सा देवाडबाट विहिवार राती देखि अपहरणमा परेका युवक शनिवारविहान खैरबनी स्थित हरदी खोला पुलको मुनीमा फेला परेका छन । सशस्त्र र जनपद प्रहरीको टोलीले संयुक्त रुपमा चलाएको सर्च अभियानका क्रममा खोज्दै जाँदा हात र आँखा बाँधेको अवस्थामा ती युवक सकुसल फेला परेका हुन ।
महोतरी सोनमा गाविस २ का ३५ बर्षिय सिकिन्द्र यादव विहिवार राती ९ बजेदेखि वेपत्त भएको जानकारी शुक्रवार विहान प्रहरीमा पुुगेपछी   प्रहरीले उनको खोजी कार्य तिव्र पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक जनक भटटराईले बताएका छन ।
पर्सादेवाड २ स्थित ससुराली आएका यादव घरतर्फ आउने क्रममा गौशाला सम्सी सडकखण्डमा पर्ने पर्सा देवाड १ वाट वेपत्ता भएका थिए । उनको अपहरणमा प्रहरीमै कार्यरत एकजनाको संलग्नता भएको स्थानियहरुको आरोप छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी