
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाभियोगको पक्षमा कांग्रेस नउभिए स्वास्थ्य मन्त्री गगनकुमार थापाले राजीनामा दिने तयारी गरेका छन् । लोकमानसिंहले भ्रष्टहरुसँग मिलेर नेताहरुविरद्ध नियोजित षड्यन्त्र गरेको भन्दै संसद्मा महाभियोग दर्ता भएपछि कांग्रेसले त्यसबारे निर्णय लिन नसकेको अवस्थामा गगनले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेको स्रोतको भनाई छ ।
लोकमानविरुद्ध महाभियोगको पक्षमा उभिएका थापासहितका कांग्रेस नेताहरुले पटक पटक सभापति शेरबहादुर देउवालाई भेटेर त्यसबारे तत्काल निर्णय लिन दबाब दिइरहेका बेला गगनले राजीनामा दिने निचोड निकालेका उनीनिकट एक कांग्रेस नेताले जानकारी दिए ।
महाअभियोगको पक्ष र विपक्षमा मत बाँडिएपछि विवाद चुलिइरहेका बेला महाभियोगको पक्षमा कांग्रेसले निर्णय नगरेमा राजीनामासम्म दिने सन्देश स्वास्थ्य मन्त्री थापाको तर्फबाट सभापति शेरबहादुर देउवालाई समेत पुर्याइएको दाबी स्रोतको छ । नेकपा एमाले र माओवादी केन्द्रका १५७ जना सांसदहरुले लोकमानलाई महाभियोग लगाउन संसदमा दर्ता गराएको प्रस्तावको पक्षमा केही दिनअघि कडा मन्तब्य राखेका गगनले पार्टीभित्रै भने महाभियोगको पक्षमा मत जुटाउन असफल भएका थिए ।
महाभियोगमाथिको पहिलो छलफल भएर संसद् २६ कात्तिकसम्मलाई स्थगित भएको अवस्थामा लोकमानलाई महाभियोगबाट जोगाउनका लागि कांग्रेसकै सांसद र नेताहरु लागि रहेका बेला गगनले मन्त्रीबाट र सांसदहरुले संसद सदस्यबाट पनि राजीनामा दिने धम्की सभापति देउवालाई दिइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्