
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – साताको अन्तिम दिन नेप्से परिसूचक शून्य दशमलव २६ प्रतिशतले बढेको छ । पहिलो आधा घण्टासम्म घटिरहेको बजार १ घण्टाको व्यापारमा ४ दशमलव ५७ अङ्कले बढेर १ हजार ७ सय ५८ दशमलव शून्य ३ विन्दुमा पुगेको हो ।
यस समयमा वित्त कम्पनी बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । यस व्यापार अवधिमा माछापुच्छ्रे बैङ्कको रू। १ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको प्रति कित्ता शेयर रू। ७ सय ९८ मा किनबेच भइरहेको छ ।
जलविद्युत समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत, बैङ्किङको शून्य दशमलव ३६ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव १९ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशलमव १५ प्रतिशत र बीमाको शून्य दशमलव ११ प्रतिशतले बढेको छ । वित्त कम्पनी समूहको परिसूचक भने शून्य दशमलव शून्य ३ प्रतिशतले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्