×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकमानले गर्भनर नेपाललाई समेत असिना–पसिना बनाए,अब के होला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लोकमानले गर्भनर नेपाललाई समेत असिना–पसिना बनाए,अब के होला

११ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –  एनसेलको लाभांशसम्बन्धि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन प्रक्रिया अगाडि बढाएसँगै नेपाल राष्ट्र बैंकका गभर्नर निचरञ्जिवि नेपाललाई चिटचिट पसिना आँउन थालेको छ ।
गभर्नर नेपालले अख्तियारका निलम्बित प्रमुख कार्कीकै निर्देशनमा एनसेललाई लाभांश बिदेश लैजान दिएको आरोप लागेको छ ।
यसरी,उनी सो काण्डमा मुछिन पुगेसँगै अख्तियारले रकम ९लाभांश० बिदेश लैजान दिएको आधार र कारणसहितको जवाफ दिन  तीन दिने म्यादसहितको पत्र राष्ट्र बैंकलाई काटेको हो ।अख्तियारले राष्ट्र बैंकसहित नेपाल दुरसञ्चार प्राधिकरण र उद्योग विभागलाई पनि पत्राचार गरी यस बारेमा अनुसन्धान्न अगाडि बढाएको छ ।
अख्तियार प्रमुख लोकमान सिंह कार्की उक्त पदबाट निलम्बन भएपछि अख्तियारका निमित्त प्रमुख दिप बस्न्यातको निर्देशनमा एनसेलको लाभांश प्रक्रिया छानविन सुरु गरिएको थियो ।
झण्डै १० करोड चुक्ता पूँजी देखाएको एनसेलमा बैधानिक प्रक्रियाबाट लगानी नआएको र सरकारलाई तिर्नुपर्ने कर पनि नतिरेको भन्दै त्यस कम्पनीको लाभांश लैजान उद्योग बिभागले रोकेको थियो । तर राष्ट्र बैंकले भने एनसेलले ईजाजत पत्रमा तोकिएका सबै प्राबधानहरु पालना गरेको जानकारी उद्योग विभागबाट प्राप्त भएकाले नै लाभांस लैजान नरोकेको बताएको छ ।
अख्तियारका एक उच्च अधिकारीले भने–राष्ट्र बैंक, दुरसञ्चार प्राधिकरण तथा उद्योग विभागलाई आवश्यक कागजपत्र र जानकारी तीन दिनभित्र उपलब्ध गराउन पत्राचार गरेका छौ । ती निकायहरुबाट प्राप्त सूचनाहरुका आधारमा आयोगले छानबिन अगाडि बढाउछ ।
यता, अख्तियारको पत्र पुगेपछि दूरसञ्चार प्राधिकरणले विज्ञप्ति जारी गर्दै एनसेलको लाभांस लैजान दिने विषयमा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारेको छ । यस्तो खबरहरु सार्वजनिक भएपछि राष्ट्र बैंकले हतारमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणको सहमतिपछि लाभांस लैजान दिने निर्णय गरेको दाबी गरेको थियो ।
 एस काठमाडौंबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी