
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव बिहीबारको संसद बैठकमा पेश हुने भएको छ ।
एमाले र माओवादी केन्द्रका सांसदहरुले संयुक्त रुपमा दर्ता गराएको महाअभियोग प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्तीले बैठकमा प्रस्ताव पेश गर्नेछिन् । पहिलो बैठकमा प्रस्ताव छलफलका लागि पेश भएपछि संसद बैठक स्थगित हुने र दोश्रो बैठकमा प्रस्तावमाथि छलफलको सुरुवात हुने सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
महाअभियोग प्रस्तावमाथिको छलफल आजै सकिएमा त्यसलाई आजै महाअभियोग सिफारिस समितिमा पठाउने संसद सचिवालयले तयारी गरेको छ ।
संविधानमा व्यवस्था भएअनुसार एक वर्षपछि बुधबारमात्र गठन भएको समितिले महाअभियोग लागेका व्यक्तिसँग बयान लिने, प्रमाण जुटाउने र सफाइको मौका दिने व्यवस्था छ । कार्कीले सफाइका लागि एक साताको समय पाउनेछन् ।
चित्त बुझ्दो सफाइ नदिएमा वा तोकिएको समयमा कुनै सफाइ पेश नगरेमा समितिले कार्कीलाई महाअभियोग लगाउन उपयुक्त ठान्दै त्यसलाई निर्णयार्थ संसदमा पेश गर्नेछ । त्यसका लागि समितिले ३० दिनको समय पाउने व्यवस्था छ । त्यसपछि कार्कीलाई हटाउन संसदमा रहेको कुल संख्या (५९५) को दुई तिहाइ (३९७) सांसदको समर्थन आवश्यकता पर्छ । सो प्रस्ताव पास भएमा कार्की स्वतः पदमुक्त हुनेछन् । बुधबार महाअभियोग प्रस्ताव दर्ता भएसँगै कार्की अख्तियार प्रमुखबाट भने निलम्बन भइसकेका छन् ।
सभामुख घर्ती जेनेभा जाने कार्यक्रम रहेकाले समितिले कार्कीविरुद्ध महाअभियोग लगाउन उपयुक्त भएको विवरण सदनमा पेश गरेमा संसदको निर्णय मत विभाजन प्रक्रिया तिहारपछि मात्र प्रारम्भ हुनेछ ।
संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्य पालना नगरेको वा आचारसंहिताको गम्भीर उल्लंघन गरेर आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेमा सदनका एक चौथाइ सदस्यले महाअभियोग प्रस्ताव पेस गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । यसका लागि बुधबार मात्र महाअभियोग सिफारिस समिति गठन गरेर ढोका खुल्ला गरिएको छ । जसको पहिलो निशानामा अख्तियार प्रमुख कार्की परेका छन् ।
- काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्