×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सात वर्षमा पनि निर्माण भएन इनरुवाको पुल के हेरिरहेको छ सरकार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सात वर्षमा पनि निर्माण भएन इनरुवाको पुल के हेरिरहेको छ सरकार

४ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार डटकम 

सुनसरीको नरसिंह र रामनगरभुटाहा गाविस जोडने सुनसरी खोलाको पुल निर्माण कार्य सुरु भएको सात वर्ष भएपनि निर्माण कार्य सम्पन्न भएको छैन । पुल निर्माण गर्नका लागि २०६७ सालदेखि कार्य सुरु गरेको भए पनि अहिलेसम्म तीनवटा पिलर र आधा ढलान बाहेकको कार्य सम्पन्न नहुँदा दुईवटा गाविस जोड्नका लागि डुङ्गा र बाँसको चचरी बाहेकको विकल्प नरहेको स्थानीयवासीले बताएका छन् ।
स्थानीयवासीलाई आवतजावतमा सजिलो होस् भन्ने उद्देश्यले सात वर्षअगाडि पुल निर्माण कार्य सुरु गरेको र तीन वर्ष अर्थात् २०७० सालसम्ममा पुल निर्माण कार्य सम्पन्न गर्ने भने पनि २०७३ सालसम्ममा पनि कार्य सम्पन्न नभएका कारण स्थानीयवासीलाई आवतजावत गर्नका लागि समस्या भएको रामनगरभुटाहाका गफार अन्सारीले बताउनुभयो ।
सो क्षेत्रमा सुनसरी खोलाको बाढीका कारण समस्या हुनुका साथै आवतजावत गर्नका लागि पुल अभावमा स्थानीयवासी ज्यान जोखिममा राखेर जानआउन बाध्य भएका छन् । जिल्लाका ठूला योजनामध्ये एउटा ठूलो आयोजनाका रुपमा रहेको उक्त पुलको निर्माणमा ढिलाइ हँुदा स्थानीयवासीले आक्रोशसमेत व्यक्त गरेका छन् । पुल निर्माणका लागि ठेक्का पाएको बिपी कन्स्ट्रक्सन कम्पनीका सञ्चालक बद्री सिग्देलको चरम लापरबाही र सरकारी कर्मचारीको बेवास्ताका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको स्थानीयवासी विद्यासागर नुन्दीले बताउनुभयो ।
हुलाकी राजमार्गमा पर्ने भुटाहा र नरसिंहको सुनसरी खोलामा पुल निर्माणमा ढिलाइ भएका कारण बाँसको चचरी र डुङ्गामा आवतजावत गर्नुपर्ने बाध्यता छ । नरसिंहको अधिकांश स्थानीयवासीको कारोबार तथा हाटबजार भुटाहा भएका कारणले पुल निर्माण कार्य आवश्यक रहेको स्थानीयवासी बबाजी मण्डलले बताउनुभयो । करिब रु ६ करोड लागतमा निर्माण कार्य सुरु भएकोमा पछिल्लो एक वर्षयता कुनै काम नभएका कारण स्थानीयवासी सशङ्कित भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी