
- अर्थसरोकर सम्बाददाता
नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा राजधानीमा आज शुरु भएको छ । संघीय ढाँचामा जाने तयारी गरेको महासंघले विशेष साधारणसभा मार्फत विधान संशोधन गर्न लागेको हो । राजधानीको भद्रकालिस्थित आर्मी अफिर्सस क्लबमा विशेष साधारणा सभा शुरु भएको हो । विशेष साधारणसभामा आजै बन्दसत्र हुने र विधान संशोधन प्रस्तावमा छलफल हुने छ ।
विशेष साधारणसभाविरुद्ध महासंघकै पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यसमिति सदस्य गोविन्द घिमिरले दायर गरेको रिट पाटन उच्च अदालतले खारेज गरेपछि तोकिएकै मितिमा साधरणसभा हुन लागेको हो ।
संघीय संरचनामा जाने तयारी गरेको महासंघले ७ वटै प्रदेशबाट २–२ जना केन्द्रीय समितिमा आउने सक्ने प्रस्ताव संशोधित विद्यानमा उल्लेख छ । संशोधित विद्यानमा सिमान्तकृत समुदायका व्यवसायीहरु महासंघको छातामा सक्ने प्रावधान समावेश हुन नसकेको भन्दै आलोचना भएको छ । ९ वर्षपछि पहिलोपटक संशोधन हुन लागेको विद्यानमा वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुन पाउने प्रस्ताव गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्