Skip to content
LAXMI SUNRISE BANK

व्यापार अभिबृद्धी गर्न नेपाल चीनबीच समझदारी

अर्थ सरोकार

काठमाडौं – नेपाल र चीनबीच दुई देशको व्यापार अभिबृद्धी र उपभोक्ता हित संरक्षणका लागि सूचना आदानप्रदान सम्बन्धि समझदारी भएको छ। बुधबार आपूर्ति मन्त्रालयमा गरिएको कार्यक्रममा आपूर्ति मन्त्री दीपक बोहोरा तथा चीनका उद्योग र वाणिज्य राज्य प्रशासन मन्त्री झांग माओले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। 
समझदारी अनुसार उपभोक्ता हित संरक्षण गर्नको लागि दुवै देशमा लागू गरिने नयाँ नियम कानुनबारे एक देशले अर्को देशसँग परामर्श गर्नु पर्नेछ। साथै साझा महत्वको विषयलाई दुई देशका अधिकारीहरुको छलफलबाट ल्याउनु पर्नेछ। त्यस्तै दुवै देशको व्यापार विज्ञ उपभोक्ता संरक्षणकर्मीको भ्रमण र छलफल कार्यक्रम बढाउने विषयमा पनि समझदारी भएको छ। बुधबार गरिएको समझदारीले दुई देशबीचको व्यापार सम्बन्ध मजबुत हुने आपूर्ति मन्त्री बोहोराको बुझाइ छ। ुदुई देशबीच उपभोक्ता हित संरक्षण र व्यापार अभिबृद्धीको लागि सूचना आदानप्रदान गर्ने विषयमा समझदारी गरिएको छ, यो दुई देशको सम्बन्ध सुदृढमा कोसेढुङ्गा सावित हुने छु, आपूर्ति मन्त्री बोहोराले भने। मन्त्री बोहोराले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बेला भएको सहमति कार्यान्यनमा दुवै देशले ध्यान दिनु पर्ने विषयलाई समेत औँल्याएका छन्। 
चीनका मन्त्री माओलेले समेत दुईदेशबीच भएको समझदारीले परम्परागत रुपमा भएको नेपाल चीनको व्यापार तथा वाणिज्य क्षेत्रलाई थप मजबुत हुने बताए। उनले उपभोक्ता हित सम्बन्धी समझदारीले दुई देशका जनताबीच समेत सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK