×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल बैंकसहित २ कम्पनीका ४० लाख ९१ हजार शेयर सुचिकृत, हेर्नुस कसको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिलायबल बैंकसहित २ कम्पनीका ४० लाख ९१ हजार शेयर सुचिकृत, हेर्नुस कसको कति ?

३ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा बुधबार मात्रै २ कम्पनीका ४० लाख कित्ता शेयर सुचिकृत भएका छन। बुधबारको कारोबारमा शेयर सुचिकृत हुनेमा रिलायबल डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन। 
रिलायबल डेभलपमेन्ट बैंकको ७ लाख १६ हजार ८ सय ९३ कित्ता बोनस शेयर सुचिकृत भएका छन। बैंकको १० औ साधारणसभाले लगानीकर्तालाई गत आर्थिक बर्षको कमाइबाट १० प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको थियो। सोहि साधारणसभाले लगानीकर्तालाई शत प्रतिशत हकप्रद दिने निर्णय गरेको थियो। यद्दपी उक्त निर्णय कार्यन्वयन नगरी ग्लोबल आइएमई बैंकसंग मर्जरमा जाने निर्णय गरेकाले धितोपत्र बोर्डले पहिले हकप्रद निष्काशन र त्यसपछि मात्र प्राप्तिमा जान निर्देशन दिएको छ। 
त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको ५ लाख ३४ हजार ५ सय ६० कित्ता बोनस तथा १८ लाख ४० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत भएका छन। बैंकको ११ औ बार्षिक साधारण सभाले लगानीकर्तालाई गत आर्थिक बर्षको कमाइबाट २० दशमलब ८५ प्रतिशत बोनस तथा २५ प्रतिशत हकप्रद दिने प्रस्ताव पारित गरेको हो।   
नेप्सेमा सुचिकृत भएसंगै यी कम्पनीका बोनस शेयर भएका शेयरधनीहरुले शेयर कारोबार गर्न सक्ने छन।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी