×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रीको आदेश नमानेको भन्दै काठमाडौं झिकाएका पर्सा र सिरहाका एसपीलाई फिर्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गृहमन्त्रीको आदेश नमानेको भन्दै काठमाडौं झिकाएका पर्सा र सिरहाका एसपीलाई फिर्ता

३ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –  विमलेन्द्र निधिको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं झिकाइएका पर्साका र सिरहाका एसपीलाई फिर्ता पठाएको छ । प्रधान कार्यालयले पर्साका राजुबाबु श्रेष्ठ र सिरहाका एसपी श्याम ज्ञवालीलाई फिर्ता पठाएको हो ।
गृहमन्त्री निधिले अपहरण र हुन्डीमा जोडिएकालाई कारबाही प्रक्रिया अगाडि नबढाउन दिएको निर्देशन अटेर गरेको भन्दै उनीहरुलाई काठमाडौं बोलाइएको थियो । एसपीद्वयलाई निमित्त प्रहरी प्रमुख विज्ञानराज शर्मा मार्फत काठमाडौं झिकाए पनि विवाद बढेका कारण गृहमन्त्रीले भेट्दै नभेटी पूर्ववत कार्यक्षेत्रमै प्रमुखको रुपमा पठाएको छ ।
सिरहामा माओवादी केन्द्रका नेता तथा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साहसहित १० जना माओवादी नेतामाथि सरकारी कर्मचारीको अपहरण गरी जबर्जस्ती कागज गराएको जाहेरी दर्ता छ ।
जाहेरी दर्ता रहे पनि माओवादी केन्द्रका नेता पक्राउ परेका छैनन् । पर्सामा हुन्डी कारोबारीको अभियोग अनुसन्धानमा व्यापारी सन्तोष जैनको परिवार नै प्रहरी हिरासतमा छ ।
स्रोतका अनुसार अपहरणको आरोप लागेका माओवादी केन्द्रका नेताविरुद्ध सिरहामा जारी अनुसन्धान र हुन्डीको कारोबारमा पर्सा प्रहरीले पक्राउ गरेका नेपाली कांग्रेस निकट व्यापारीमाथि कारबाही रोक्न दुवै एसपीमाथि दबाब बढेको थियो । उनीहरूले जाहेरी दर्ता भइसकेको विषय भन्दै अनुसन्धान रोक्न मानेका थिएनन् ।

दुवै एसपीले अस्वीकार गरेपछि गृहमन्त्री निधिले नै चासो राखेका थिए । स्रोतका अनुसार प्रहरी महनिरीक्षक उपेन्द्रकान्त अर्याल हुँदा नै दुवै एसपीलाई काठमाडौं बोलाएर प्रस्टीकरण लिने प्रयास भएको थियो । अर्यालले उनको निर्देशन अटेर गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी